पथरीमा नोबेलको स्वास्थ्य शिविर, सात सय बिरामीले पाए औसधिसहितको उपचार

  • ३ बैशाख २०७९, शनिबार

मोरङको पथरी शनिश्चरे नगरपालिका–३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

 

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको कागेश्वरी मनोहरास्थित कायरा पोलिक्लिनिकको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

 

शिविरमा ७ सय ५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १ सय ६९ जनाको रक्त परीक्षण, १ सय ५३ जनाको भिडियो एक्सरे र १ सय २१ जनाको मुटुको जाँच (ईसीजी) गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २५ जनाको दाँत उखेलिएको छ । शिविरमा बिरामीको स्वास्थ्य परीक्षण पश्चात रोग तथा समस्याका आधारमा उनीहरुलाई निःशुल्क औषधीसमेत वितरण गरिएको आयोजकले जनाएको छ ।