केएमसीद्वारा गोकर्णेश्वरमा निःशुल्क स्वास्थ्य शिविर

  • १६ जेष्ठ २०७९, सोमबार

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकामा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

कागेश्वरी मनोहरा–६ को श्रीद बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

स्थानीय मनकामना माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरमा ८ सय ६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १ सय २१ जनाको रक्त परीक्षण, ९७ जनाको भिडियो एक्सरे र ८९ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २२ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका २४ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।