जमरकट्टेल बंश प्रतिष्ठानको नयाँ समिति चयन

  • ६ भाद्र २०७९, सोमबार

जमरकट्टेल बंश एकता प्रतिष्ठान नेपालको २३ सदस्यीय नयाँ समिति गठन भएको  छ ।
विराटनगर–१९ वैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न ९ औं बार्षिक साधारण सभाले कुमारमणी जमरकट्टेलको अध्यक्षतामा १८ सदस्यीय केन्द्रिय कार्य समिति निर्वाचित गरेको हो । नव निर्वाचित समितिको उपाध्यक्षमा कृष्णप्रसाद, विमला, फिणिन्द्र र थिरप्रसाद जमरकट्टेल, महासचिवमा उदयप्रसाद, सचिवमा रबिन र डिल्लीराम जमरकट्टेल र कोषाध्यक्षमा टिकाराम जमरकट्टेल निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा लोकनाथ, चिनमाया, एकराज, ख्यामराज, शेषकुमार, घट्टराज, गणराज, कोपिला र कविता जमरकट्टेल चयन भएका छन् ।२३ सदस्यीय बन्ने सो कार्यसमितिका वाँकी पाँच सदस्य नव निर्वाचित कार्यसमितिको बैठकले चयन गर्ने प्रतिष्ठानले जनाएको छ ।