माओवादी बलियो नभएसम्म प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहन्छ : प्रचण्ड

  • २३ भाद्र २०७९, बिहीबार

नेकपा (माओवादी केन्द्र) का  अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणाली नै गलत रहेको बताएका छन्  ।
काठमाण्डौमा अखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा आयोजित विद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

प्रचण्डले भने,युवा विद्यार्थीहरु सडकको हिरो तपाईहरु हो, तपाईहरु अआउँदासम्म देशले गति लिँदैन,सडक तताउने, जनताको टेल, गाउँमा एउटा अभियान चलाउने कार्यक्रम बन्दै छ भन्ने विश्वास छ । संविधानसभाबाट संविधान बनाउँदै गर्दा हाम्रो निर्वाचन प्रक्रियामा देखिएको विकृति र विसंगतीलाई हटाउन एउटा अभियानको रुपमा लिएको बताउदै उनले  जनताको बीचमा यि मान्यताहरुलाई स्थापित गर्न विशेष पहल गर्न निर्देशन दिए ।

टोल, गाउँमा पुगेर जनतामा नयाँ चेतनाको विस्तार गरी अर्को  आन्दोलनतिर अगाडि बढ्न उत्प्रेरित गर्न उनले अनुरोध गरेका छन् । जतिवेला हामी जनयुद्धको तयारी गर्दा हामी तपाईहरु जस्तै थियौ, अहिले हामीहरुले जनवादी क्रान्तिलाई आफ्नो मौलिकतामा आफ्नै ढंगले पूरा गरेका छौं,। अब हामी समाजवादको क्रान्तिको नयाँ चरणमा प्रवेश गरेका छौं । त्यसको नेतृत्वको जिम्मेवारी तपाईहरुको काँधमा छ ।

अपिल छ, कम्युनिष्ट आन्दोलनको तपाई उत्तराधिकारी हो, आशा भरोसा तपाईहरुमाथि छ,प्रचण्डले भने । उनले अघि भने,जनवादी क्रान्तिमा नेतृत्वको भूमिका खेल्यौं, ‘अब के तपाई समाजवादी क्रान्तिको नेतृत्व गर्न तयारी हुनुहुन्छ ? अब समाजवादी क्रान्तिको तयारीमा समाजवाद निर्माणको महान अभियानमा बिद्यार्थीहरुले आफूलाई तम्तयार पार्न सक्नुपर्ने उनको धारणा थियो । प्रचण्डले भने, ‘अहिले समाजमा विचार र सिद्धान्तको महत्व चलेको छ । क्रान्ति र निष्ठा स्खलित भएको भन्ने चर्चा चलेको छ ।

तपाईहरुले विचार सिद्धान्तको महत्वलाई क्रान्तिलाई निरन्तर अगाडि बढाउने कुरा, समाजवाद निर्माणको कुरालाई उच्च प्राथमिकता दिन म अपिल गर्दछु’। उनले विगतमा प्रतिगमनका विरुद्ध संघर्ष गरि पराजित गरेको सम्झंदै  अगामी निर्वाचनमा यो देशको राजनीतिलाई  देश र जनताको आवश्यकता राष्ट्रिय स्वाधिनतादेखि आर्थिक विकास र समृद्धिको कुरालाई नयाँ उचाईमा पुर्याउन आबस्यक रहेको बताए । त्यो नयाँ उचाईमा जबसम्म माओवादी केन्द्र बलियो भएर आउँदैन, प्रतिगमन र प्रतिक्रान्तिको खतरा जारी रहने उनको धारणा थियो ।

त्यसो त प्रचण्डले कांग्रेसले  ८० सिट र माओवादीले ६० सिट पाउने दावी गरेका छन् ।
धनगढी विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले शीर्ष तहका नेताहरु बसेर सिट टुंगो लगाउने तयारी भइरहेको बताए । कांग्रेस सयबाट ८० मा आउने सम्भावना बढ्दो रहेको दाबी गर्दै प्रचण्डले माओवादी केन्द्रले पनि ६० सिटमा दाबी गरेको र त्यसकै वरिपरि सहमति जुट्ने विश्वास व्यक्त गरे