सांसद भएपछि राज्यको तलब भत्ता नलिने डाक्टर सुनिल शर्माको घोषणा

  • २३ कार्तिक २०७९, बुधबार

नेपाली कांग्रेसका नेता तथा लोकतान्त्रिक बाम गठवन्धनबाट मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार डाक्टर सुनिलकुमार शर्माले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने घोषणा गरेका छन ।

निर्वाचन अभियानका क्रममा आयोजिक कोणसभालाइ संवोधन गर्दै उम्मेद्वार शर्माले आफु समाज र राष्ट्रलाइ दिनका लागि मात्र उम्मेद्वार भएको र सांसद भएपछि पनि लिने होइन, समाज र राष्ट्रलाइ दिने कुरामा ध्यान दिने बताए ।

भ्रष्ट्राचार गर्नु वा घुस खानु आमाको रगत खाएसमान हुने भन्दै शर्माले राज्यकोष बाट कुनै सुविधा नलिएर काम गर्ने घोषणा गरे । यसअघि जनताले जिताएका धेरै जनप्रतिनिधि घुस खान र भष्ट्राचार गर्न लागेका कारण जन चाहना पुरा हुन नसकेको शर्माले बताए ।

“कसरी घुस खाने, कसरी भ्रष्ट्राचार गर्ने भन्ने तिर ध्यान भएकाहरु निर्वाचित भएपछि देश र समाजको विकास नहुने बताउँदै शर्माले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा नलिएर ,केवल जनताको सेवा र विकास निमार्णमा ध्यान दिने बताए ।