भारतले बिकास गर्यो कोभिड विरुद्धको नाक बुस्टर खोप

  • २१ पुष २०७९, बिहीबार

भारतीय एक कम्पनीले पहिलो नाक खोप आई इनभ्याक्स (बूस्टर डोज) बिकास गरेको छ ।

भारतको केन्द्रीय औषधि नियामक निकायले औषधि निर्माता भारत बायोटेक्नोलोजीलाई इनभ्याक्सको बुस्टर डोज प्रयोग गर्न व्यवसाय इजाजतपत्र समेत दिएको छ ।

भारत बायोटेक्नोलोजी इन्स्टिच्युटले जारी गरेको विज्ञप्ति अनुसार हाल उपलब्ध गराइएको खोपको मूल्य निजी बजारमा ८०० रुपैयाँ पर्छ । त्यसैगरी भारत सरकार र राज्य सरकारलाई ३ सय २५ रुपैयाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

निर्माताले आईएन भ्याक्स कोभिड-१९ लाई पूर्व-फ्यूजन-स्थिर सार्स- कोभ-२ स्पाइक प्रोटिन भएको रिकम्बिनेन्ट एडेनोभाइरस-भेक्टर गरिएको खोपको रूपमा परिभाषित गरेको छ । तीन चरणमा गरिएका क्लिनिकल परिक्षणहरुमा सकारात्मक परिणाम देखिएको बताइएको छ ।

भ्याक्सिन थोपा मार्फत नाकमा लगाइने भएकोले प्रयोग गर्न सजिलो छ । यो खोप कम र मध्यम आय भएका देशहरूमा किफायती हुने उत्पादक कम्पनीले दाबी गरेको छ ।

भारत बायोटेक्नोलोजी इन्स्टिच्युटका कार्यकारी अध्यक्ष डा. कृष्ण अल्लाले यो महामारीको समयमा यो खोप निकै प्रभावकारी हुने बताए । क्यारियर इन्ट्रानासल डेलिभरी प्रणालीले आपतकालिन स्वास्थ्य र महामारीको समयमा सुविधाजनक र पीडारहित खोप साबित हुने बताएको ईन्डिया न्युज नेटवर्कले जनाएको छ ।

यसअघि भारतका दुई कम्पनीले कोभ्याक्सिन र इन्भ्याक्सिन बिकास गरेका थिए । यो खोप कोभिड विरुद्धको पहिलो र दोस्रो खोप लगाइसकेकाहरुलाई बुस्टर डोजको रूपमा दिइनेछ ।