मोरङकै ठुलो रमाईलो जनएकता सहकारीमा कांग्रेसको बर्चस्व

  • ३० पुष २०७९, शनिबार

मोरङकै ठुलो मध्येको एक रमाईलो जनएकता बचत तथा ऋण सहकारी संस्थामा कांग्रेस समर्थक उम्मेदवारहरु निर्वाचित भएका छन् ।
१० हजार सय ४८ जना सेयर सदस्य रहेको सहकारीमा एमाले– माओवादी केन्द्र गठबन्धनका उम्मेदवारहरुलाइ पराजित गर्दै कांग्रेस उम्मेदवारहरु बिजयी भएका हुन ।
कानेपोखरी ६ मा अबस्थित सहकारीको अध्यक्ष कांग्रेसका त्रिभूनाथ फुयाल ३ हजार ४ सय ७२ मत ल्याएर विजयी भए । एमाले माओवादी गठबन्धनका दानबहादुर बस्नेतले २ हजार ५८ मत प्राप्त गरेका थिए । निर्वाचनमा ६ हजार २ सय ६८ जनाले मतदान गरेका थिए ।
खुल्ला उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका हरिप्रसाद अधिकारीलाई उछिन्दै कांग्रेसकै सुनिलदत्त अधिकारी विजयी भए । महिला उपाध्यक्षमा कांग्रेसकै सुष्मा कार्कीले एमाले– माओवादी गठबन्धनबाट उम्मेदवार बनेकी यसोदा लिम्बूलाई पराजित गरिन् ।
सचिवमा पनि गठबन्धन उम्मेदवार अम्बिका अर्याललाई हराउँदै कांग्रेस प्यानलबाट उम्मेदवार बनेका राजेश कार्की निर्वाचित भए ।
सहसचिवमा कुमार फुयल र कोषाध्यक्षमा पर्शुराम खतिवडा, लेखा संयोजकमा एविन पाठक निर्विरोध भएका थिए ।
सदस्यमा गठबन्धनबाट अशोक फुयाल, एकराज फुयाल, रत्नबहादुर काफ्ले तथा कांग्रेसबाट सुनिल पराजुली, मनोज अधिकारी निर्वाचित भए । महिला सदस्य तर्फ होमा पराजुली, रेजिना ठकुरी, सरस्वती चौधरी र तारा ओझा निर्वाचित भए । जसमा रेजिना र तारा एमाले– माओवादी गठबन्धनबाट र होमा दुवै प्यानलबाट उम्मेदवार थिइन् ।