तीन महिने अभियान थालेसँगै जाग्न थाल्यो माओवादी

  • १९ भाद्र २०८०, मंगलवार

जनतासँग माओवादी तीन महिने अभियान अन्तरगत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आयोजनामा सुन्दरहरैंचामा बृक्षारोपण, डस्टबिन वितरण, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सुन्दरहरैँचाले अभियान अन्तरगत ती कार्यक्रम भएका हुन् । अभियानका क्रममा अन्य पार्टीबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाइ स्वागत तथा सम्मान समेत गरिएको छ ।
अभियान अन्तरगत सुन्दरहरैंचा ८ नम्बर वडा कमिटीले डस्फिन बितरण गरिएको छ । त्यसैगरी अभियानका क्रममा गरिब तथा जेहेन्दार दुई जना विद्यार्थीलाई नि:शुल्क कम्प्युटर तालिम समेत दिलाइने नेकपा माओवादी प्रदेश सदस्य तथा जनजाति महासंघ केन्द्रीय सदस्य कन्चन कुलुङले जानकारी दिइन् ।

जनता सँग माओवादी तीन महिने अभियान अन्तरगत बेलबारीमा बिरुवा रोपेर अभियान शुरु गरिएको छ । संस्कृति,पर्यटन तथा नागरिक उडयायनमन्त्री सुदन किराँती लगायतले बेलबारी बहुमुखी क्याम्पसको प्रांगणमा बिरुवा रोपेर गरेका छन । सोही क्रममा १ सय ५० बढी बिरुवा रोपिएका छन ।
नेकपा माओवादी केन्द्रको देशब्यापी रूपमा जनतासँग माओवादी रूपान्तरण अभियान संचालन गरेको छ ।