विभिन्न कार्यक्रमसहित जेसीज सप्ताह मनाउँदै बेलबारी जेसीज

  • २५ भाद्र २०८०, सोमबार

बेलबारी जेसीज वर्ष २०२३ ले विभिन्न कार्यक्रमसहित जेसीज सप्ताह मनाउने भएको छ ।

सप्ताह अन्तरगत विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई समेटी विभिन्न विधामा कार्यक्रम संचालन गरिने भएको हो ।  सामाजिक, विकास, महिला, बालबालिका र युवाहरुको क्षमता तथा दक्षता विकास गर्न जेसिज सप्ताहका कार्यक्रम महत्वपूर्ण हुने  बेलबारी जेसिजका अध्यक्ष बिपिन आचार्यले बताए ।

जेसिज सप्ताह अन्तर्गत भाद्र २८ गते बुबाको मुख हेर्ने दिन ज्येष्ठ नागरिक सँग जेसीज २९ गते बाल दिवसको दिन बालबालिका सँग जेसीज कार्यक्रम हुनेछ । त्यसैगरी  महिलासँग जेसीज, विकास निर्माणमा जेसीज,  स्थानीय सरकारसँग जेसीज, विद्यार्थीसँग जेसीज र संस्कृति संरक्षणमा जेसीज जस्ता महत्वपूर्ण कार्यक्रम रहेको मुल संयोजक तथा बेलबारी जेसीजका कार्यकारिणी उपाध्यक्ष विराज न्यौपानेले बताए ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न संयोजक तोकिएको र उहाँहरुले उत्कृष्ट कार्यक्रम सञ्चालन गर्दै सम्पूर्णमा उपस्थितीका लागि सादर निमन्त्रणा गरिएको महासचिव पुष्कल सुवेदी (सियोम) ले जानकारी दिए  । जेसीज सप्ताह बेलबारी जेसीजको एक गहनाका रुपमा रहेको बेलबारी जेसीजका कोषाध्यक्ष जनम नेपाललेबताए ।