विश्व मुटु दिवस : नोवेलद्वारा बिराटनगरमा चेतनामूलक प्रभातफेरि

  • १२ आश्विन २०८०, शुक्रबार

विश्व मुटु दिवसको अवसरमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले मुख्यमन्त्री हिक्मत कार्कीको उपस्थितिमा जनचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न संघसंस्थाका प्रतिनिधि, विराटनगर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी, कोशी अस्पतालका चिकित्सक समुह लगायत प्रहरी प्रशासन, मिडियाकर्मी लगायतको पनि सहभागितामा शुक्रबार प्रभातफेरी भएको हो ।
कार्यक्रममा मुटुरोग विभागको टिम, नोवेलका कर्मचारीहरु र रोट्र्याक्ट नोवेलका विद्यार्थीहरुको पनि सहभागिता थियो ।
प्रभातफेरि विराटनगर स्थित महेन्द्रचोकबाट सुरु भई तीन पैनी चोकमा पुगी कोण सभा गरेर टुंगिएको थियो ।