बेलबारी साहित्य विकास समितिको छैटौँ साधारण सभा सम्पन्न, नयाँ समिति गठन

  • २७ माघ २०८०, शनिबार

बेलबारी साहित्य विकास समिति, बेलबारी, मोरङको छैटौँ साधारण सभाले रमेश कुमार निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षद्वयमा लक्ष्मी रेग्मी सुवेदी र गोविन्दराज चोङवाङ, सचिवमा उमा सिजापती, सहसचिवमा विमला सुवेदी तिम्सिना, कोषाध्यक्षमा शिव पराजुली सहयात्री र सहकोषाध्यक्षमा राजु परियार निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा विष्णु भण्डारी, रिपुमर्दन खड्का, सन्देश तामाङ, राजकुमार राई, मुना मिश्रा, लीला सुवेदी, कृतिका खतिवडा र तारा चम्लागाईँ चयन भएका छन् ।

लेखा समितिमा तीर्थराज सिग्देल संयोजक तथा छाङ्छा राई र शारदा दाहाल चयन भएका छन् । साधारणसभामा ८ जनालाई आजीवन सदस्यता प्रदान गरिएको थियो ।