गोपाल मेमोरियल स्कुलले विभिन्न कार्यक्रम गर्दै मनायो २४ औं बार्षिकोत्सव

  • ४ फाल्गुन २०८०, शुक्रबार

मोरङ केराबारी ९ देवीझोडामा अबस्थित गोपाल मेमोरियल बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरी २४ औं बार्षिकोत्सव मनाएको छ ।

प्रदेश सभा सदस्य खड्ग बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सरस्वती पुजाको दिन बुधबार स्कुलले विभिन्न कार्यक्रमका साथ बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सव कार्यक्रममा केराबारी गाउँपालिकाका पुर्व अध्यक्ष रोहित कुमार कार्की, वरिष्ठ गायक तथा संगीतकार कृष्णभक्त राई, केराबारी क्याम्पस प्रमुख टेक ब थपलिया, केराबारी ९ का वडाध्यक्ष गोपाल याख्खा, देवीझोडा सामुदायिक वनका अध्यक्ष गोबिन्द बस्नेत, सिंहदेवी सामुदायिक वनका अध्यक्ष भिम कार्की, हिमालय साकोसका अध्यक्ष, केयु एकेडेमी, ,भलुवा पब्लिक एकेडेमी का प्रतिनिधि, लक्ष्मी माविका प्रधानाध्यापक ज्ञानेन्द्र सुनुवार , पत्रकार भक्तशेर लिम्बु लगायतको उपस्थिती थियो ।

कार्यक्रममा महिला अभिवावक म्युजिकल चेयर, मम्मीडान्स, पुरुष तर्फ हाँडीफोर र भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । सो अबसरमा यसैसाता स्कुलले आयोजना गरेका दौड, सर्ट फुट लगायत १९ खेल का बिजेताहरुलाइ पुरस्कृत गरिएको थियो । कार्यक्रममा चर्चित गायक कृष्णभक्त राईले पनि प्रस्तुति दिएका थिए ।
बार्षिकोत्सवको अबसरमा स्कुलका विद्यार्थीहरुले पनि नृत्य, कविता, गीत आदि प्रास्तुत गरेका थिए ।

बिद्यालयका निर्देशक प्रदीप बिष्टले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत थिए । सो अबसरमा विद्यार्थीहरुले लोक नृत्य अन्तरगत संगीनी, झाँगड तथा लिम्बु संस्कृति झल्काउने गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पहिलोपटक एसईइमा सहभागी ८ जना विद्यार्थी तथा अभिवावकहरुलाइ पनि सम्मान गरिएको थियो ।

स्कुलले गत बर्ष एसइइ उतिर्ण गरेका अति पिछडिएको बाँतर समुदायका अनिल सर्दारलाई कक्षा ८ देखि नि:शुल्क पठनपाठन गराएको थियो । त्यस्तै आमा र बुवा नै नरहेका कक्षा ३ मा अध्ययनरत विद्यार्थी रियान दासलाइ कक्षा १० सम्म नि:शुल्क पठनपाठन गर्ने निर्णय भएको स्कुलका भाइस प्रिन्सिपल प्रेम कार्कीले जानकारी दिनुभयो ।

बिक्रम सम्बत २०५६ सालमा स्थापित गोपाल मेमोरियल बोर्डिङ स्कुलले हाल कक्षा १० सम्म पठनपाठन गर्दै आएको छ । स्कुलमा झन्डै ३ सय विद्यार्थी र डेढ दर्जन शिक्षक तथा कर्मचारी छन् । साढे ५ कठ्ठा क्षेत्रफल जग्गामा अबस्थित बोर्डिङमा सरस्वती पुजाको अबसरमा २५ जना भर्ना भएको भाइस प्रिन्सिपल कार्कीले बताउनु भयो ।