जिल्ला स्तरीय अन्डर फिप्टिन बुद्धिचाल प्रतियोगितामा सेम्रिल राई प्रथम

  • २० जेष्ठ २०८१, आईतवार

जिल्ला स्तरीय अन्डर फिप्टिन बुद्धिचाल प्रतियोगिता २०८१’ मा छात्रातर्फ मोरङको पथरीशनिश्चरेकी सेम्रिल राई मोरङ जिल्ला प्रथम भएकी छन् ।

मोरङ जिल्ला प्रथम भएसँगै राई प्रदेश स्तरीय प्रतियोगिता खेल्न छानिएकी हुन् । बुद्धिचाल संघ जिल्ला समिति मोरङको आयोजनामा शनिबार (जेठ १९) उर्लाबारी मंगलबारे स्थित सनसाइन बोर्डिङ स्कुलमा छनौट प्रतियोगिता भएको थियो । जिल्ला प्रथम भएकी सेम्रिल पथरीशनिश्चरे—१ स्थित एभरेष्ट बोर्डिङ स्कुलको कक्षा ६ मा अध्ययनरत छात्रा हुन् ।

प्रतियोगितामा छात्रातर्फ पथरीशनिश्चरेकै किर्तिपुर एकेडेमीकी समिरा राई दोस्रोहुँदै प्रदेश स्तरीय प्रतियोगितामा छनौट भएका हुन् । सेम्रिल र समिरा प्रदेश स्तरीय छनौट प्रतियोगितामा छानिएको प्रमुख आरबीटर (निर्णायक) डम्बर बाछना राईले बताउनु भयाे । छात्रातर्फको खेलमा किर्तिपुर एकेडेमीकै स्मारिका गौतम तेस्रो भएका हुनुभएको थियाे।

छात्रतर्फ उर्लाबारी सप्तकोशी बोर्डिङ स्कुलका बिकास घोर्साने जिल्ला प्रथमहुँदै प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट भएका छन् । त्यसैगरी बिराटनगर—११ को सगरमाथा बोर्डिङ स्कुलका भानु गौतम दोस्रोहुदै प्रदेश स्तरीय प्रतियोगिता खेल्ने हुनुभएको छ। छात्र शुभ विष्ट तेस्रो हुनुभएको छ। सात राउण्डको खेलमा छात्रतर्फ प्रथमहुने घोर्सानेले ६.५ अंक ल्याएका ल्याउनु भएकाे दोस्रो र तेस्रो हुने खेलाडीले समान ६ अकं ल्याउनु भएकाे थियाे पाँच राउण्ड भएको छात्रातर्फको खेलमा भने तीनै जनाले समान ४ अंक ल्याउनु भएकाे थियाे। समान अंक ल्याउने खेलाडीहरुको लागि बुजल्स कटको आधारमा निर्णयहुने आरबीटर गणेश बाछाना राईले बताउनुभयो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई बुद्धिचाल संघ मोरङ जिल्ला अध्यक्ष सुरेन्द्र सुवेदी, पुकार राई, बुद्धिचालका राष्ट्रिए खेलाडी लोकसागर साम्बा, आरबीटर डम्बर राईले मेडल लगाइ दिनुभएकाे थियाे।
जिल्लाबाट छानिएका १५ बर्षभन्दा कम उमेरका खेलाडी प्रदेश स्तरीय खेल्ने र त्यहाँबाट छानिएपछि राष्ट्रिय स्तरको प्रतियोगिता खेल्ने बुद्धिचाल संघ मोरङका अध्यक्ष सुरेन्द्र सुबेदीले जानकारी दिनु भयाे।
मोरङ जिल्ला छनौट प्रतियोगितामा बिराटनगरदेखि उर्लाबारीसम्मका छात्रा, छात्र गरेर ७३ जना सहभागी रहेका थिए । छनौट प्रतियोगिता खेलाउन पथरीशनिश्चरेको पञ्चायत माविबाट १० जना खेलाडी सहभागी गराइएको शिक्षक शम्भू थापाले बतउनु भयाे।