बेलबारी नगरपालिकाको १५ ओेै नगरसभा अधिवेशन समापन

  • २८ असार २०८१, बिहीबार

बेलबारी नगरपालिकाको १५ ओेै नगरसभा अधिवेशन समापन भएको छ ।
नगरसभा अधिवेशनले न्यायिक समितिको बजेट र कर्मचारीको तलव प्रतिवेदन २०८०/०८१ समेत पास गरेको छ। लोहन्द्वा र चिसागले कटान गरेको सम्पूर्ण स्थानहरुमा चाडै तटबन्धको ब्यबस्था गरिने र सो कामको लागि बजेट समेत पास गरेको नगरपालिकाले जनाएको छ । अघिल्लो बर्ष लिदै आएको भुमि कर र ब्याबशायी कर घटाएको नगर सभामा मेयर दिल प्र . राईले बताएका छन् ।
१५ ओेेेै नगर सभा अधिवेशनमा जनप्रतिनिधि तथा केहि ब्यक्तिहरुले विभिन्न माग पेश गरेका थिए । त्यस क्रममा बेलबारी ६ का राजेन्द्र खवासले बाटोका लागि पास भएको बजेट मक थप रु ७ लाख माग गरे। त्यस्तै बेलबारि ४ का दिनेश सुवेदीले पुजिगत खर्चभन्दा साधारण खर्च बढी हुनुको कारण सोध्दै कृषि, स्वास्थ्य र शिक्षामा कन्जुस्याइँ नगरी लगानी गर्नुपर्ने माग राखे ।
नगरपालिकाकी उपमेयर नितु थापा कोईरालाले आर्थिक पाटोको जवाफ प्रमुख प्रशासकिय अधिकृतलाई उठेका सम्पूर्ण कुराहरुको जवाफ दिनका लागि अनुरोध गरेपछी ती बिषयमा उठेका प्रश्नको जवाफ दिए ।उनले साधारण खर्च र पुजिगत खर्च मध्ये साधारण खर्च बढी खर्च भएको बताए ।