रोजगार सेवा केन्द्र पथरीद्वारा ३६ वटा योजना संचालन, तीन सय बढीले पाए रोजगारी

  • २८ असार २०८१, बिहीबार

पथरी शनिश्चरे नगरपालिका रोजगार सेवा केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न गरेको छ ।
रोजगार सृजना (आई.डी.ए.) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २७ वटा र रोजगारी सृजना (नेपाल सरकार) प्रधानमन्त्री रोजगार अन्तर्गत जम्मा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न गरिएको रोजगार सेवा केन्द्रका प्रमुख हिमाल राईले जानकारी दिनुभयो ।
नगरको ९ वटा वडामा सञ्चालन गरिएको कार्यक्रम तथा आयोजनामा खानेपानीको पाइप विस्तार, फुटबल खेल मैदान घेराबारा, पैनी मर्मत्, ड्रेन मर्मत् तथा निर्माण, पैनीको वाँध निर्माण र विशेष गरेर कृषिलाई केन्द्रित गरेर नयाँ बाटोहरु निर्माण गरिएको शाखाले जानकारी दिएको छ ।

रोजगार सेवा केन्द्रले ३ महिनाको अवधिमा ३ सय जना बढीको श्रम गरिसकेको प्रमुख राईले जानकारी दिनुभयो ।