पथरीमा गरियो श्रमिकहरूको परिचयपत्र तथा सदस्यता वितरण कार्यक्रम

  • २९ असार २०८१, शुक्रबार

अनौपचारिक श्रमिक हित व्यवस्थापन समिति पथरी शनिश्चरे नगरको आयोजनामा श्रमिकहरुको परिचयपत्र तथा सदस्यता –पत्र वितरण कार्यक्रम  गरिएको छ ।

कार्यक्रममा नगरपालिकाका १ सय ५१ जना श्रमिकहरुलाई परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो र विशिष्ट अतिथि उप–प्रमुख देविमाया काफ्लेले परिचयपत्र तथा सदस्यता वितरण गर्नुभएको थियो ।
नगरपालिकाको सभाहलमा बिहिबार २ सय जना बढीको भेलाले  कार्यविधिलाई संसोधन गर्दै संस्थालाई आधिकारिक ट्रेड युनियन बनाउने साथै वडा कार्यालबाट श्रमिकहरूको सिफारिस गरी पञ्जीकरण गराउने निर्णय गरेको छ ।

कार्यक्रममा वडा नं. ८ का अध्यक्ष तथा नगर प्रवक्ता नविन कार्की, क्यूपेक नेपाल मोरङ जिल्ला कोषाध्यक्ष दिनेश लावतीले आ–आफ्ना कुरा राख्नुभएको थियो । निक्कै उत्साहित रुपमा उपस्थिति जनाएका श्रमिकहरुले परिचयपत्र र सदस्यता प्राप्त गरेपछि खुशी व्यक्त गर्नुभएको थियो । कार्यक्रममा लेखा शाखा प्रमुख पिताम्वर वस्ती, योजना तथा प्रशासन शाखा प्रमुख एवं सूचना अधिकारी शिवकुमार रार्ई, वडा अध्यक्षहरु उद्धवराज बस्नेत, जीवन खतिवडा, नैना राई लगायतको उपस्थिति  थियो ।