बिपन्न उपभोक्ता तथा विभिन्न संघ संस्थालाई जनचाहना सा.ब. ले दियो फर्निचर सामग्री

  • ४ श्रावण २०८१, शुक्रबार

सामुदायिक वन समुदायकै हो भन्ने महसुस गराउन यस्तो कार्यक्रम ल्याएको जनचाहना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खगेन्द्र नेपालले बताए ।

बुधबार नै बिपन्न परीवार सहित दृष्टिबिहिन एक परिवारलाई सुत्ने खाट प्रदान गरेको छ। वनले स्थानीय युवाहरुको लागि   १ थान फुटबल पनि बितरण गरेको छ ।

सामुदायिक वनले बिपन्न उपभोक्ताका साथै आधारभुत स्वास्थ्य केन्द्र लेटाङ-२ लाई एक- एकवटा औसधि राख्ने र्‍याक र ब्रेन्च, लक्ष्मी माबी लेटाङ २ लाई दुई थान हेल्प डेस्क, नगर अस्पताल लेटाङ-३ लाई १ थान  टेबुल र दुई थान ब्रेन्च ,  लेटाङ २ स्थित नागेस्वर शिवालय मन्दिर लाई १ थान दराज र १ थान टेबुल तथा बुधबारे प्रहरी चौकीलाइ-१ थान खाट हस्तान्तरण गरेको सामुदायिक वनले जानकारी दिएको छ ।

त्यसैगरी  गत आर्थिक बर्ष र यसबर्ष गरी सो सामुदायिक  वन समुहकै पहलमा समाधीस्थल आसपास करिब २१०० रिरुवा रोपिएको र उपभोक्ताहरुलाइ विभिन्न प्रजातिका बिरुवाहरु उपलब्ध गराएको सामुदायिक वनका अध्यक्ष खगेन्द्र नेपालले जानकारी दिए । यस वनले कुनै उपभोक्ताको मृत्यु भए निशुल्क दाउरा र राहत कोषबाट ३ हजार रुपैयाँ दिने गरेको छ ।