बालगृहका ६८ बालबालिकालाई खाना खुवाउँदै जमर्कोले मनायो बाह्रौं वार्षिकोत्सव

  • ७ श्रावण २०८१, सोमबार

पथरी शनिश्चरेबाट प्रकाशित हुँदै आएको जमर्को साप्ताहिकले  उर्लाबारी- ७ स्थित नमुना बालगृहका ६८ जना बालबालिकालाई खाना खुवाउँदै बाह्रौं वार्षिकोत्सव मनाएको छ ।
पत्रिकाका अध्यक्ष एवं सम्पादक मोहन भट्टराईले विगतमा विभिन्न समूहमा बसेर रमाइलो गरी मनाइने गरिएकोमा यस वर्षको वार्षिक उत्सव नानीहरुलाई खाना खुवाएर मनाउनेमनाइएको र आगामी दिनमा आफू तथा आफू निकट संघ संस्था एवं व्यक्तिहरूलाई यस्तै कार्यक्रमहरू गर्न प्रेरित गर्ने प्रतिबद्धता जाहेर गरे ।

पत्रकार घनश्याम भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा बाल गृहकी अध्यक्ष एवं कार्यक्रमकी प्रमुख अतिथि मिना बरालले सबैको सहयोगले अहिले १४० जना बालबालिकाहरूलाई आफूले हुर्काई बढाई गर्न सफल भएको र आगामी दिनमा पनि सहयोगी महानुभावहरुलाई हरेक कार्यक्रमहरू यही आएर मनाउन आग्रह गरेकी छन्।