धिमाल पोषाक प्रबर्द्धनका लागि बेलबारी नगरपालिकाले दियो तान बुन्ने मेसिन

  • ८ श्रावण २०८१, मंगलवार

बेलबारी नगरपालिकाले धिमाल समुदायहरूको परम्परागत पोसाक सिलाई बुनाइ गर्न तान बुन्ने मेसिन प्रदान गरेको छ ।

धिमाल प्रथम जाति व्यवस्थापन समिति मार्फत नगरपालिकाले साढे ३ लाख भन्दा बढी मुल्य पर्ने दुइवटा तानबुन्ने मेसिन हस्तान्तरण तथा उद्घाटन गरिएको हो ।

बेलबारी २ स्थित तिधारेमा तानबुन्ने  मेसिनको बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले उद्घाटन  गरिन् । नगरपालिकाले तीन लाख ६० हजार बराबरको २ थान मेसिन तथा  धागो, कपडा अन्य सिलाई बुनाइमा आवश्यक पर्ने सामग्री  सहयोग गरेको धिमाल प्रथम जाति व्यवस्थापन समिति बेलबारीको अध्यक्ष रुकमणी धिमालले जानकारी दिइन्  ।