दुर्घटनामा बेलबारी फुटबल क्लबकी खेलाडीको मृत्यु, बुवा र आमा घाइते

  • १३ श्रावण २०८१, आईतवार

माेरङकाे मिक्लाजुङमा भएको सवारी दुर्घटनामा बेलबारी फुटबल क्लबकी खेलाडी समेत रहेकी एक युवतीको को मृत्यु भएको छ भने उनकै आमा-बाबू घाइते भएका छन् ।

मिक्लाजुङ गाउंपालिका वडा नम्बर १ झण्डे डाडाको घुमाउरोमा बा २७ प १८३५ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा बेलबारी नगरपालिका वडा नम्बर १ का ३७ वर्षिय सुनिल कुमार धिमाल, उनकी ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल र उनीहरूकै छोरी १४ वर्षिय छोरी सुस्मिना धिमाल घाईते भएका थिए । तर उपचारकाे क्रममा सुस्मिनाको ज्यान गयो ।
सुमिना बेलबारी फुटबल क्लबकी सदस्य तथा फुटबल खेलाडी समेत रहेको बेलबारी फुटबल क्लबले जनाएको छ ।प्रहरीका अनुसार सुस्मिनाको दाहिने हातको कोखमा गम्भिर चोट लागेको थियोे । उपचारको क्रममा दिउसो ३.४५ बजेतिर सुस्मिनाको निधन भएको हो ।

मोटरसाईकल अनियन्त्रीत भई बाटोभन्दा अन्दाजी ७० मिटर तल झरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।

यता सुस्मिनाको बुबाआमा दुवैको उर्लाबारीस्थुत अरनिको अस्पतालमा उपचार भइरहेको र उनीहरु दुवैको अवस्था मध्यम रहेको प्रहबेलबारी ले जनाएको छ ।