सर्पले डसेर देवीझोडाकी ६ बर्षिया बालिकाको मृत्यु

  • ३१ श्रावण २०८१, बिहीबार

मोरङ केराबारी ९ देवीझोडास्थित स्कुल चौक नजिकै  सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ ।

बुधबार दिनभर बिद्यालयमा अध्ययन गरेर घर फर्केकी मनोज पण्डितकी छोरी ६ बर्षिया प्रतिमा पण्डितको सर्पले टोकेर मृत्यु भएको हो ।
बुधबार अपरान्ह बिद्यालयमा घर फर्केकी उनलाई शौचालय गएर फर्कँदा गोमन सर्पले टोकेको थियो । सर्पले टोकेपछि उनलाई उपचारका लागि तत्काल बेलबारीको सर्पदंश उपचार केन्द्र र ईटहरी लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि  बिराटनगर को अस्पताल पुर्याईएको थियो तर अस्पताल पुर्याउनासाथ चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए ।

वालिका स्थानीय गोपाल मेमोरियल इङलिस स्कुलमा एलकीजीमा अध्ययनरत थिइन् । त्यहाँ क बालिकाको मृत्युको खबरले यतिबेला सिंगो गाँउ शोकमा डुबेको छ ।