बेलबारी नगर प्याब्सनद्वारा अंग्रेजी हिज्जे प्रतियोगिताको छनौट चरण सम्पन्न

  • १९ भाद्र २०८१, बुधबार

बेलबारी नगर प्याब्सनमा आबद्ध संस्थागत बिद्यालयका बिद्यार्थीहरु बीच अंग्रेजी हिज्जे प्रतियोगिताको छनौट चरण सम्पन्न भएको छ ।
बेलबारी नगर प्याब्सनका अध्यक्ष भगवतीप्रसाद घिमिरेको अध्यक्षता र बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईको प्रमुख अतिथ्यतामा बेलबारी-१ मा अवस्थित आदर्श सेकेण्डरी स्कुलको सभाहलमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगिताबाट बेलबारी -१ मा अवस्थित आदर्श सेकेण्डरी बोर्डीङ्ग स्कुल प्रथम, बेलबारी-९ मा अवस्थित सन्साइङ्ग स्टार बोर्डीङ्ग स्कुल दोस्रो , बेलबारी-२ मा अवस्थित शिक्षा संदेश अंग्रेजी स्कुल तेस्रो, बेलबारी-६ मा अवस्थित प्रगति बोर्डीङ्ग स्कुल चौथो र बेलबारी -१ मा अवस्थित भानु मेमोरियल बोर्डीङ्ग स्कुल पाचौ भएको थियो।
उत्कृष्ट ५ मा छनौट भएका विद्यालयलाई आगामी भाद्र २६ गते बिराटनगरमा हुने प्रतियोगिताका लागि पठाइने आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रमका प्रमुखअथिति तथा बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले संस्थागत विद्यालयमा विद्यार्थी संख्या सानो भएपनि विद्यार्थीको भविष्य उज्जवल हुनेगरी नतिजा निकाल्न आग्रह गरे ।
साथै, कार्यक्रमका बिशिस्ट अथिति जिल्ला प्याब्सन मोरङका सचिव जगत बस्नेतले मोरङ जिल्लामा भएका १७ वटा पालिकामध्ये प्याब्सनको क्षेत्रमा बेलबारी नगर प्याब्सन उत्कृस्ट भएकोमा गौराम्बीत महशुस भएको बताए ।

कार्यक्रममा बेलबारी नगर प्याब्सनका प्रमुख सल्लाहकार भुपाल बस्नेत, बेलबारी नगर एन. बेलबारी नगर प्याब्सनका सल्लाहकार मणि तामाङ्ग, एन. प्याब्सनका अध्यक्ष पर्बत खालिङ्ग राई लगायतको उपस्थिति थियो।