कराँते प्रशिक्षक बेलबारीकी कुन्ति गुरुङ ‘परिषद सेवा पदक २०८१’ बाट सम्मानित

  • २९ भाद्र २०८१, शनिबार

मोरङ बेलबारीकी कराँते प्रशिक्षक कुन्ति गुरुङ परिषद सेवा पदक २०८१ बाट सम्मानित भएकी छिन ।
बुधबार काठमाण्डौमा आयोजित राष्ट्रिय खेलकुद परिषद्को ६१ औ बार्षिक उत्सवको अवसरमा स्थायी नियुक्ति भई २० बर्ष  सेवा गरे वापत गुरुङलाइ सो पदक प्रदान गरिएको हो ।

उनी लामो समयदेखि देश तथा बिदेशमा कराँते खेलको बिकास र पर्बद्धनका लागि सक्रिय छिन ।

बेलबारी र आसपासका क्षेत्रमा पहिले कराँते प्रशिक्षककै रूपमा चर्चित कुन्ति पछिल्लो समयमा गुमनाम जस्तै बनेकी छिन् ।