यही असोज ५ गतेदेखि हुनेभो प्रथम पथरी शनिश्चरे गोल्डकप  

  • १ आश्विन २०८१, मंगलवार

पथरीशनिश्चरे समाचारदाता /  यही असोज ५ देखि १६ गतेसम्म प्रथम पथरीशनिश्चरे गोल्डकप २०८१  संचालन हुने भएको छ ।

माेरङ पथरी शनिश्चरे–१, जाँते मोडमा रहेको प्रस्तावित रंगशालामा खेल संचालन गरिने असोज १२ गतेसम्म प्रतियोगिता हुने आयोजकले जानकारी पत्रकार सम्मेलनमा गराएका छन् ।
खेल संयोजक जितन राईका अनुसार’ प्रतियोगितामा ए’ डिभिजनका राष्ट्रिय फुटवल टिम संकटा फुटबल क्लब काठमाडौँ, , ब्रिगेड ब्वाइज क्लब काठमाडौँ, सहलेस यूवा क्लब सिरहा, यूकेएफसी भारत, धरान सिटी फुटबल क्लब सुनसरी, पाँचथर क्लब फिदिम, झापा ११ फुटबल क्लब र आयोजक इन्ट्रा पथरी- ११ फुटबल क्लब मोरङ गरी जम्मा ८ वटा टिमले प्रतियोगितामा भाग लिने भएका छन्।

प्रतियोगिताको मुख्य सहयोगीको रूपमा पथरी शनिश्चरे नगरपालिका र ईन्ट्रा इन्टरनेसनल फाउण्डेशन अफ अमेरिका भएको जनाउँदै आयोजक समितिका अध्यक्ष सुमन विकले
प्रतियोगिताको प्रथम र दोस्रो स्थान हासिल गर्ने टिमलाई क्रमश ३ लाख र दुई लाख रुपैयाँ, मेडल, ट्रफी प्रदान गरिने जानकारी दिए ।
प्रथम पुरस्कारका लागि हाल अमेरिकमा बस्दै आएका सिजर एण्ड सिस्टर नेपाल प्रतिनिधिसँग यसअघि नै सम्झौता भएको थियो । प्रतियोगितामा  हरेक दिन हुने खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीलाई जनही ५ हजार रूपैयाँ, मेडल र ट्रफीले पुरस्कृत गरिनेछ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई पनि जनही नगद १० हजार सहित मेडल र ट्रफीले पुरस्कृत गरिने अध्यक्ष विकले बताए ।