आयोजकलाइ पराजित गर्दै डाँडाबजारले जित्यो प्रथम बेतना कपको उपाधि

  • ५ आश्विन २०८१, शनिबार

प्रथम बेतना कप फुटबल प्रतियोगिताको उपाधि धनकुटाको डाँडाबजारले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा आयोजक बेतना युनाइटेड क्लबलाइ ट्राइब्रेकरमा पराजित गर्दै डाँडाबजार फुटबल क्लबले उपाधि हात पारेको हो ।
सातौं दिन शनिबार भएको फाइनलमा खेलको शुरुवातदेखि नै आयोजक हाबी भएको थियो । प्रहिलो हापमै आयोजकले एक गोल गर्दै खेललाई १-० को स्थितिमा पुर्याएको थियो । तर दोस्रो हापको अतिरिक्त समयमा डाँडाबजारले पनि नाटकीय तरिकाले गोल फर्काएपछि निर्धारित समयमा खेल १/१ को बराबरीमा पुगेको थियो ।
करिब एक हजारभन्दा बढी दर्शक उपस्थित भएको खेलमा साँझ पर्न लाग्दा भएको ट्राइब्रेकरमा आयोजक दुइवटा गोल गर्न चुकेपछि डाँडाबजारले दुइ तिन गोल अन्तरले डाँडाबजार उपाधि चुम्न सफल भयो ।
उपाधिसँगै डाँडाबजारले १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ भने आयोजक युनाइटेड क्लबले शिल्ड र प्रमाणपत्रसँगै ५० हजार पाएको छ ।
पुर्वका विभिन्न ८ टीम सहभागी प्रतियोगिताको सेमिफाइनलमा डाँडाबजारले बेलबारी फुटबल क्लबलाई र आयोजकले लेटाङलाइ पराजित गर्दै फाइनल यात्रा निश्चित गरेका थिए ।