केराबारीमा क्रसरको खाल्डोमा डुबेर दुइ नाबालकको मृत्यु, पैसा दिने शर्तमा घटना गुपचुप 

  • १९ आश्विन २०८१, शनिबार

मोरङको केराबारी गाउँपालिका–८ स्थित कृष्ण क्रसिङ इण्डष्ट्रिजको खाल्डोमा डुबेर नाबालक दाजुभाइको मृत्यु भएको घटना पैसा दिने सर्तमा गुपचुप पारिएको छ ।
क्रसर परिसरको खाल्डोमा जमेको पानीमा डुबेर केराबारी–८ का तोयानाथ चौलागाईंका छोराहरु ६ वर्षीय रामचरण र ८ वर्षीय भूपेन चौलागाईंको बिहीबार मृत्यु भएको थियो । क्रसरको चरम लापर्बाहीले एउटै परिवारका २ नाबालकले ज्यान गुमाएको गम्भीर एवं पीडादायी तथ्यलाई लुकाएर २६ लाख दिने सर्तमा घटना मिलाइएको छ ।
घटनाका विषयमा शुक्रबार केराबारी गाउँपालिका कार्यालयमा सर्वपक्षीय छलफल भएको थियो । छलफलमा गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ, उपाध्यक्ष मनमाया मगरलगायतका जनप्रतिनिधि, पीडित पक्ष, क्रसरका संचालक एवं गाउँपालिकाका पूर्वअध्यक्ष रोहित कार्कीसहित क्रसर व्यवसायीका प्रतिनिधि, प्रहरीलगायत उपस्थित थिए ।
सहमति अनुसार क्रसर सञ्चालकले क्षतिपुर्ति नदिए क्रसर सिल गर्ने गाँउपालिका अध्यक्ष सुमन मिरिङ्चिङले प्रतिबद्दता गरेपछि शव उठाईएको हो । कृष्ण क्रसर उद्योगको खाल्डोमा डुबेर आमजुँगी आधारभुत बिद्यालयमा शिशु कक्षामा अध्ययनरत दाजुभाइ ६ बर्षिय रामचरण र १० बर्सिय भुपेन्द्र चौलागाँइको एकै खाल्डोमा डुबेर मृत्यु भयको थियो।
सहमतिपछि शव पोस्ट्मार्टमका लागि हस्पिटल लगिएको छ । क्रसर सञ्चालकको लापरबाहीले मृत्यु भएको भन्दै स्थानिय आक्रोसित बनेका थिए ।