हिउँद लागेसँगै थप चलायमान बन्दै बेतना सिमसार, चार महिनामा ३१ लाख आम्दानी

  • १० मंसिर २०८१, सोमबार

कार्यकाल सकिएको लामो समयसम्म साधारणसभा हुन नसकी अनेक समस्या झेल्दै आएको बेतना सिमसारमा नयाँ समिति आएपछि प्रगतिका संकेत देखिन थालेका छन् ।
राजनीतिक खिचातानी र स्थानीय बासिन्दाहरुको आन्दोलन लगायतका कारण बारम्बार रोकिदै आएको बेतना सिमसार सामुदायिक वनको गत असारमा भएको साधारणसभाबाट नयाँ समिति गठन भएपछि बेतना सिमसार चलायमान हुन थालेको हो ।
कुल १ सय ७४ दशमलब ९१ हेक्टर क्षेत्रफल रहेको यस सिमसार क्षेत्रलाई तिन खण्डमा बर्गीकरण गरीएको छ । सिमसार क्षेत्रमा ७७ प्रतिशत भाग बाँझोपर्ति, झण्डै १३ प्रतिशत भाग हिलो दलदलले तथा ९ दशमलव ४८ प्रतिशत भाग पानीले ढाकेको छ ।
पहिले बनाइएको गुरुयोजनामा बेतना सिमसारलाई तीन खण्डमा बिभाजन गरिएको छ । जस अनुसार राजमार्ग दक्षिणतर्फको खण्ड १ क्षेत्रमा १.८५ हेक्टर पानी, ९.०५ हेक्टर सिमसार, २.२७ हेक्टर बाँझो गरी १३.१७ हेक्टर क्षेत्रफल छ । खण्ड २ मा ४.२५ हेक्टर पानी, ११.३१ हेक्टर सिमसार, ४.१५ हेक्टर बाँझो जमीन र ४३.३३ हेक्टर बनक्षेत्र गरी ६३.०३ हेक्टर क्षेत्रफल छ । त्यस्तै पानी नभएको खण्ड ३ मा ११.२० हेक्टर सिमसार क्षेत्र, ४.९४ हेक्टर बाँझो तथा पार्टी क्षेत्र र ८२.५८ हेक्टर बन क्षेत्र गरी ९८.७१ हेक्टर क्षेत्रफल रहेको छ ।
बेतना सिमसारमा हिउँद महिना लागेसँगै पर्यटकहरु आउने क्रम बढ्न थालेको छ । सिमसारले उपलब्ध गराएको तथ्यांक अनुसार यश आर्थिक बर्षको साउनयता शनिबारसम्ममा ५१ हजार १ सय जना पर्यटकले टिकट काटेर बेतना भ्रमण गरेका छन् । तथ्यांक अनुसार प्रतिब्यक्ति ५० रुपैयाँका दरले यस अबधिमा करिब २५ लाख ५५ हजार रुपैयाँ आम्दानी भएको देखिन्छ । यो तथ्यांकमा १० वर्ष मुनिका बालबालीका, ७० बर्ष माथिका वृद्धवृद्धा, स्थानीय उपभोक्ता, जनप्रतिनिधि, सञ्चारकर्मी तथा समितिले उपलब्ध गराएको उपभोक्ता कार्ड होल्डरहरुलाई दिईएको छुट समावेश गरिएको छैन । त्यस्तै सोही अवधिमा ६ हजार २ सय मोटरसाइकल पार्किङबाट १ लाख २४ हजार, चारपाङ्ग्रे साना ६ सय ५३ वटा सवारी पार्किङबाट ३२ हजार ६ सय ५०, ५८ वटा बस पार्किङबाट ५ हजार ८ सय, साइकल पार्किङबाट १ हजार ४ सय, पिक्निक वापतको शूल्क ३८ हजार र डुंगा सञ्चालनबाट ३ लाख ८६ हजार ५ सय पचास गरी कुल ३१ लाख ४३ हजार ४ सय आम्दानी भएको बेतना सिमसारले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
बेतनामा पहिलोपटक सपरिवार घुम्न आएका भारत आन्ध्र प्रदेश बिजयवडाका केबीडी महेशले बेतना सिमसार आफुहरुले करिब पाँच घण्टा बिताएको र यो ठाउँ धेरै सुन्दर रहेकोे बताए ।
त्यसैगरी पहिलोपटक नै शनिबार बेतना घुम्न आएकी धरानकी शोभा फुयालले पनि बेतना आफुलाइ राम्रो लागेको बताइन् । आफुहरु निर्वाचित भएर आययता ब्यबस्थापनमा समेत सुधार भएको र पर्यटकहरु आउने क्रम बढेको अध्यक्ष भट्टराईले बताए । उनका अनुसार हालसम्म दैनिक सरदर तीन देखि साढे तीन सय पर्यटक आउने गरेका छन् ।
बिराटचोकबाट आएका बिपिन ढकालले भने बेतना आफुले बाल्यकालमा देखेजति सुन्दर नभएको र वालवालिकाहरुको सुरक्षाका लागि पनि पोखरी वरिपरि तारबार लगाउनुपर्ने र अन्य केही कुराहरू सुधार गर्नुपर्ने प्रतिक्रिया दिए ।
हुन त बेलबारीमा विभिन्न संघ संस्थामा दलिय भागबन्डा गर्ने सहमति भएको थियो । बेलबारी खानेपानी, ब्यापार संघ, बेतना सिमसार र धनपालगढी लगायतका संघ संस्थामा दलहरुले अििग्रम रुपमै भागबन्डा गरेका भएपनि साधारणसभा आउने बेलामा आकांक्षीहरु ब्यबस्थापन गर्न नसक्दा र एकले अर्कोलाई स्विकार्न नखोज्दा सबै संघ संस्थामा निर्वाचन भएको थियो ।
आठ बर्षपछि बेतना सिमसारको गत असार १ गते सम्पन्न निर्बाचनबाट नेपाली कांग्रेस बेलबारीका पुर्व नगर सभापति शम्भु भट्टराई नेतृत्वको प्यानल निर्बाचित भएको थियो ।
८ बर्षपछि बेतना सिमसारको गत असार १ गते सम्पन्न निर्बाचनबाट नेपाली कांग्रेस बेलबारीका पुर्व नगर सभापति शम्भु भट्टराई नेतृत्वको प्यानल निर्बाचित भएको थियो ।
महिला उपाध्यक्ष, सह– सचिव र कोषाध्यक्ष एवम् लेखा सदस्यहरु निर्बिरोध निर्वाचित भएपनि अन्य पदमा निर्वाचन नै भएको थियो ।
हुन त बेलबारीका विभिन्न संघ संस्थामा दलिय भागबन्डा गर्ने सहमति भएको थियो । बेलबारी खानेपानी, ब्यापार संघ, बेतना सिमसार र धनपालगढी लगायतका संघ संस्थामा दलहरुले अग्रििम रुपमै भागबन्डा गरेका भएपनि साधारणसभा आउने बेलामा आकांक्षीहरु ब्यबस्थापन गर्न नसक्दा र एकले अर्कोलाई स्विकार्न नखोज्दा सबै संघ संस्थामा निर्वाचन भएको थियो ।