महिला अधिकारका लागि राष्ट्रिय अभियान मोरङले सुन्दरहरैंचामा ग¥यो बिभिन्न कार्यक्रम
- २६ मंसिर २०८१, बुधबार
महिला अधिकारका लागि राष्ट्रिय अभियान मोरङले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अबसर पारेर सुन्दरहरैंचामा बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्दता भन्ने नारासहित मंसिर १० देखि २५ गतेसम्म मनाइएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अबसरमा मंगलबार कार्यक्रम गरिएको हो ।
महिला अधिकारका लागि राष्ट्रिय अभियान मोरङको आयोजना र सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा भएको कार्यक्रम अन्तरगत मंगलबार बिराटचोकमा सचेतनामूलक कार्यक्रमहरु गरिएको छ । कार्यक्रममा प्रहरी चौकी बिराटचोकका प्रहरी नायव निरीक्षक (सइ) तेजन लिम्बु, महिला अधिकारका लागि राष्ट्रिय अभियानकी केन्द्रिय सदस्य सिता सुवेदी, अभियानकी केन्द्रिय सदस्य कल्पना घिमिरे, महिला अधिकारका लागि राष्ट्रिय अभियानकी मोरङ जिल्ला अध्यक्ष रिता दाहाल, अभियान बेलबारीकी अध्यक्ष अंगुरा बस्नेत लगायतको उपस्थिति थियो ।
अभियान मोरङका पदाधिकारी तथा सदस्यहरु, महिला अधिकारकर्मी तथा अभियन्ता, ओरेक नेपाल सुनसरीका प्रतिनिधि तथा ट्राफिक प्रहरी र नेपाल प्रहरीहरु समेतको सहभागितामा भएको कार्यक्रममा सडक सचेतना कार्यक्रम तथा प्रहरीसँगको साझेदारीमा सार्वजनिक यातायातहरुमा आपतकालीन सम्पर्क नम्बरहरु सहितको लैंगिक हिंसा विरुद्धका सचेतनामूलक स्टीकरहरु टाँसिएको थियो ।
महिला अधिकारका लागि राष्ट्रिय अभियान बेलबारीको आयोजनामा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस अन्तरगत सोमबार अन्तरक्रिया, नाटक प्रस्तुति तथा प्रशिक्षण आदि कार्यक्रम गरिएको थियो ।



