मदन भण्डारी राजमार्गमा पर्ने रुखहरु काट्न सरकारले दियो स्वीकृति
- २७ मंसिर २०८१, बिहीबार
उत्तरी मोरङको विकास निर्माणका लागि महत्वाकांक्षी मानिएको मदन भण्डारी राजमार्गमा पर्ने रुख कटान हुने भएका छन् ।
े नेपाल सरकार मन्त्री परिषदको २०८१ मंसिर ६ गतेको बैठकले निणर्य गरी स्वीकृति दिए बमोजिम राजमार्ग किलारमा पर्ने बन क्षेत्रका रुखहरु कटान हुने भएका हुन् ।
रुख कटानका आदेश नआउँदा ठेकदार कम्पनीहरूले लामो समयदेखि काम अघि बढाउन सकेका थिएनन् । सम्झौता नहुँदा निर्माण कार्य प्रभावित हुनुका साथै योजनामा समेत ढिलाइ हुँदै आएको थियो । पछिल्लो निणर्यले योजनालाई नयाँ ऊर्जा प्रदान गरेको छ।
उत्तरी मोरङको लाईफलाइन मानिएको यो योजना क्षेत्रीय विकासका लागि अत्यन्तै महत्वपूणर् मानिएको छ । रुख कटानको अनुमति आएपछि अब निर्माण कार्यले तीव्रता पाउने विश्वास गरिएको छ । पूर्वमा चतारादेखि पूर्व ठाउँठाउँमा रुख कटान नहुँदा राजमार्ग निर्माण् प्रभाबित भएको छ ।
मध्यपहाडी लोकमार्ग र पूर्वपश्चिम राजमार्गको बीचमा चुरे र भित्री मधेसका उपत्यकालाई जोड्ने यो राजमार्गमा १८२ पुल हुनेछन् । यो राजमार्ग झण्डै १२ सय किलोमिटर लामो हुनेछ । १९ वटा जिल्लामा सडक सञ्जाल जोडिने र करिब ७२ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित गर्ने बताइएको छ ।
झापाको शान्तिनगरबाट सुरु भएको मदन भण्डारी राजमार्ग झापाको शान्तिनगरबाट सुरु भई सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी, तम्घास, शिमलटारी, प्युठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर, डोटीको सिमचौर, वीपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर, जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ । हाल यो राजमार्गमार्फत झापाबाट उदयपुर सिन्धुली हुँदै हेटौंडासम्म निर्माण भइसकेको छ ।