चुलाचुली फुटबल क्लब दमक पनि तेश्रो उधौली कपको सेमीफाईनमा
- २ पुष २०८१, मंगलवार
तेश्रो उधौली कप फुटबल प्रतियोगिताको मंगलवार भएको पहिलो चरणको तेश्रो खेलमा पटनाली फुटबल क्लव धरानलाई ट्राई ब्रेकर मा पराजित गर्दै चुलाचुली फुटबल क्लब दमक सेमीफाईनमा प्रवेश गरेको छ ।
खेल संचालन भएको दुई मिनेटमै चुलाचुलीका आशिष लावतीले गोल गरेका थिए । तर पटनालीका विवेक राईले गोल फर्काएपछि खेल बराबरको अबस्थामा पुग्यो । निर्धारित अबधिभित्र कुनै टिमबाट थप कुनै गोल हुन नसक्दा बराबरीको अबस्थामा भएपछि खेल ट्राइब्रेकरमा धकेलियो । मंगलबारको प्रतियोगिताको म्यान अफ दी म्याच चुलाचुलीका चरी लिम्बू घोषित भए । उनलाई प्रतियोगिताको मुख्य प्रायोजक देवीझोडा सामुदायिक वनका अध्यक्ष गोबिन्द बस्नेतले पुरस्कार दिएका थिए ।
बुधबारको अन्तिम क्वाटरफाइनल खेल डिफेन्डिङ च्याम्पियन रोयल स्र्पोटिङ क्लव दमक र भाउन्ने युथ क्लव बेलबारीबिच हुनेछ ।
प्रतियोगितामा प्रतियोगितामा एपीएफ पकली , लेटाङ फुटबल क्लव, पटनाली फुटबल क्लव (धरान), चुलाचुली फुटबल क्लव (झापा), गोल्डेन स्टार क्लव (दुहबी), कुसुमे साइनिङ क्लव, रोयल स्र्पोटिङ क्लव, दमक र भाउन्ने युथ क्लव गरी मोरङ, सुनसरी र झापाका ८ टीम सहभागी छन् ।
आइतबारदेखि शुरु भएको खेलमा प्रतियोगितामा एपीएफलाई पराजित गर्दै लेटाङ र गोल्डेन स्टार दुहबीलाइ पराजित गर्दै आयोजक कुसुमे साइनिङ क्लब सेमिफाइनलमा पुगिसकेका छन् ।
प्रतियोगिताका लागि केराबारी गाउँपालिका मुख्य सहयोगी, देवीझोडा सामुदायिक वन मुख्य प्रायोजक , सीजी ग्रुप प्रायोजक छन् ।
प्रतियोगितामा प्रथम हुने टीमले ७५ हजार नगदसहित ट्राफी, मेडल र प्रमाणपत्र र दोस्रो हुने टीमले ४१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक कुसुमे साइनिङ क्लबका अध्यक्ष भक्तशेर लिम्बूले बताए । प्रतियोगिताबाट ४ लाख ५० हजार आम्दानी र ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कुसुमे साइनिङ क्लबले बिगत तीन बर्षदेखि बर्सेनि उधौली पर्वको अबसरमा प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको फाइनल खेल पौष ६ गते हुनेछ ।