बेलबारीमा प्रदेशस्तरीय अप टु १५ खुल्ला नकआउट प्रतियोगिता शुरु, उद्घाटन खेलमा आयोजक बिजयी

  • १७ पुष २०८१, बुधबार

बेलबारीमा आयोजित प्रदेशस्तरीय अप टु १५ किड्स खुल्ला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा लेटाङ फुटबल क्लबलाई पराजित गर्दै बेलबारी फुटबल क्लब बिजयी भएको छ ।
बेलबारी फुटबल क्लबको आयोजनामा बेलबारीस्थित टुक्रे खेल मैदानमा भएको उद्घाटन खेलमा लेटाङलाई – गोलले पराजित गर्दै आयोजक बेलबारी बिजयी भएको हो ।
बेलबारीका लागि जर्सी नम्बर ११ का योना लिम्बूले पहिलो हापको आठौं मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो हापकै १३ औं मिनेटमा लेटाङका १० नम्बर जर्सीका सुनिल राइले पहिलो गोल गर्दै खेललाइ बराबरको अबस्थामा पुर्याएका थिए । खेलको पहिलो हाप १-१ कै अबस्थामा सकिएको थियो । खेलको ५१ औं मिनेटमा बेलबारीका जर्सी नम्बर ७ का खेलाडी बिशाल बुढाथोकीले टीमका लागि गोल गर्दै जित निश्चित गरेका थिए । उद्घाटन खेलको म्यान अफ द म्याच बेलबारीका लागि दोस्रो गोल गर्ने बिशाल बुढाथोकी घोषित भए ।
बुधबार हुने दुई खेल मध्ये पहिलो खेल एन्फा एकेडेमी र जनपथ टोल बिराटनगरबीच र दोस्रो खेल बेलबारी फुटबल क्लब बी र न्यु स्टार एकेडेमीबिच हुने आयोजकले जनाएका छन् ।
अब क्वाटर फाइनलसम्म दैनिक दुई खेलहरु हुनेछन् । मंगलबार बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले खेल उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रममा बेलबारी ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
बेलबारी फुटबल क्लबको आयोजनामा बेलबारी ३ स्थित टुक्रे खेल मैदानमा भइरहेको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १६ वटा टीमहरु सहभागी हुनेछन् ।
प्रतियोगितामा मिक्लाजुङ गाउँपालिका, सुनबर्सी फुटबल क्लब, न्यु स्टार एकेडेमी, रामधुनी, लालीगुराँस फुटबल क्लब, बिराटनगर, जहदा फुटबल क्लब, धरान सीटी फुटबल क्लब, सुन्दरहरैंचा फुटबल क्लब, एन्फा एकेडेमी, मोरङ, जनपथ फुटबल एकेडेमी, बिराटनगर, जाँते बिकास फुटबल क्लब, उर्लाबारी फुटबल क्लब, ध्रुवतारा स्पोर्टिङ क्लब, दमक, केराबारी गाउँपालिका, लेटाङ फुटबल क्लब र आयोजकको तर्फबाट दुईवटा टीम सहभागी छन् ।
प्रतियोगिताको बिजेता टीमले ५१ हजार १ सय ११ र उपबिजेताले २५ हजार ५ सय रुपैयाँ सहित ट्रफी र मेडल पाउनेछ । प्रतियोगिताको खेलका म्यान अफ द म्याचले जुत्ता पाउनेछन् । प्रतियोगिताका बेष्ट प्लेयरलाई गियरवाला साइकल, सर्वाधिक गोलकर्तालाई फुटबल, बेष्ट गोल किपरलाइ फुटबल ग्लोब र बेष्ट मिडफिल्डर तथा बेष्ट डिफेन्डरलाइ ब्राण्डेड फुटबल सुज दिइनेखेल संयोजक तथा आयोजक बेलबारी क्लबका कार्यबाहक सचिव जनक पोख्रेलले जानकारी दिए । प्रतियोगितामा रेडियो बेतना, संयन्त्र मिडिया र कछुवा दैनिक अफिसियल मिडियाका रूपमा छन् ।