तमु ल्होसार नकआउट फुटबल प्रतियोगिताको आयब्यय सार्वजनिक

  • २३ पुष २०८१, मंगलवार

मोरङ केराबारी ९ बेलचौरीमा भएको तमु ल्होसार नकआउट फुटबल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ ।
पौष ७ देखि १६ गतेसम्म भएको प्रतियोगिताको हिसाब सोमबार सार्वजनिक गरिएको हो । आयोजकका अनुसार प्रतियोगिताका लागि कुल ६ लाख १० हजार आम्दानी भएको थियो । त्यसैगरी खर्चतर्फ पुरस्कारमा १ लाख ७१ हजार १७७, खेलमैदान मर्मतमा ४३ हजार ४५० रुपैयाँ,
अफिसियल खर्च ७० हजार रुपैयाँ, मिडिया खर्च ३७ हजार रुपैयाँ, प्रचारप्रसार ५७ हजार ५०० रुपैयाँ खर्च भएको आयोजकले जनाएका छन् ।
त्यसैगरी खर्चतर्फ स्टेज तथा साउन्ड सिस्टममा ३६ हजार, खाजा खर्च ५० हजार, पुजापाठ खर्च ३६ हजार ५८० रुपैयाँ, मायाको चिनो खर्च ४५ हजार, ट्रफी र प्रमाणपत्र ४० हजार र विविध खर्च २३ हजार ३४० रुपैयाँ खर्च भएको र बैंक मौज्दात ९० हजार रहेको प्रतियोगिता संयोजक धनश्याम गुरुङले जानकारी दिए । आयोजकका अनुसार दाताहरुबाट करिब ८० हजार रुपैयाँ उय्ह्न बाँकी छ ।
करिब चार दशकदेखि आयोजना हुँदै आएको फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै पौष ७ गतेदेखि १६ गतेसम्म बेलचौरीमा अन्य खेलकुदसहित तमु ल्होसार नकआउट फुटबल प्रतियोगिता तथा पौष १० देखि १७ गतेसम्म प्रथम तमु ल्होसार मिनी मेला आयोजना गरिएको थियो ।
तमु बुद्धिष्ट गुम्बा बेलचौरीको आयोजनामा पौष ७ गतेदेखि १६ गतेसम्म भएको नक आउट प्रतियोगितामा १० वटा टिमहरुको सहभागिता थियो ।