शनिश्चरेमा प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट चल्दै

  • ३ माघ २०८१, बिहीबार

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे ( प्याब्सन)
द्वारा तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट अन्तर्गतको पहिलो दिन बुधबार विभिन्न विद्यालय का फुटबल तथा भलिबल प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

बुधबार पथरिशनिश्चरे वडा नम्बर ०१ को जाँते मोडमा सञ्चालित उक्त टुर्नामेन्ट अन्तर्गतको भलिबल छात्रतर्फबाट क्रमश : रेडस्टार, अरुणोदय ,भू.पु.सैनिक र एभरेष्ट बोर्डिङ स्कुल विजयी भए भने भलिबल छात्रा तर्फबाट क्रमश : रेडस्टार, अन्नपूर्ण एभरेस्ट र भूपु सैनिक विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन्।
कुल १६ वटा विद्यालयहरूले भाग लिएका १५ वर्ष मुनिको फुटबल प्रतिष्पर्धा अन्तर्गत प्याराडाइज, अरुणोदय, अन्नपूर्ण , वाल्मिकी, मोरङ मेरीगोल्ड, एभरेस्ट र के.बी. मेमोरियल विद्यालयहरू विजयी भएका छन् ।
प्याब्सन पथरी शनिश्चरे नगर कार्य समितिका अध्यक्ष सन्तोष बस्नेतले बल अफिसियलहरूलाई हस्तान्तरण गरी प्रतियोगिता प्रारम्भ भएको थियो। उक्त अवसरमा प्याब्सन नगर कार्य समिति, पथरी शनिश्चरेका सल्लाहकार द्वय उपेन्द्र कँडेल र टिकाप्रसाद दङ्गाल, मोरङ जिल्ला सदस्य खड्गबहादुर श्रेष्ठ , नगर भित्रका विभिन्न निजी विद्यालयका संस्थापकहरू तथा प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थिति रहेको प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेका सचिव सुजन बास्तोलाले जनाउनुभएको छ।
बिहिबार बिहान ८ बजेदेखि नै खेल सेमिफाइनलमा प्रवेश गरेका भलिबल तथा फुटबल टिमहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।