बेलबारीमा जारी विद्यालय तह बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न

  • ८ माघ २०८१, मंगलवार

बेलबारी नगरपालिकाको आयोजनामा सञ्चालन भएको प्रथम विद्यालय तह बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ ।बेलबारी ११ मा रहेको लक्ष्मी खेलमैदानमा माघ ३ गतेखेखि ६ गतेसम्म सञ्चालन भएको प्रदर्शनीमा बेलबारीभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता थियो । प्रदर्शनमा विद्यार्थीहरूले निर्माण गरेका विज्ञान तथा प्रविधिका विभिन्न सामग्रीहरू राखिएका थिए । प्रदर्शनीमा विज्ञान विद्यार्थीहरूद्वारा निर्माण गरिएका हवाई जहाज, बग्गी, रोबर्ट जस्ता विभिन्न स्टलका साथै उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्देश्यले विद्यार्थीहरूद्वारा तयार पारिएका विभिन्न जातीय संस्कारका खाद्यान्नका परिकारका स्टल राखिएको थियो । प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका विज्ञान तथा प्रविधिका विभिन्न सामग्रीहरू राखेका बाउ बाजेका पालाको झल्को दिने परम्परागत र पुरातात्विक महत्वका सामग्रीदेखि हवाई जहाज तथा रोबर्ट आदि कार्यक्रमको विशेष आकर्षण बनेका थिए ।
कार्यक्रमको अन्तिम दिन आइतबार बिद्यार्थीहरुबिच नेपालमा जलबिद्युतको संभावना र चुनौती शिर्षकमा र बेलबारीमा पर्यटनको संभावना र चुनौती बिषयमा गरी दुइवटा बिषयमा प्यानल डिस्कसन भएको थियो । आइतबार समापनको दिन कोशी प्रदेशका सामाजिक बिकास मन्त्री पाँचकर्ण राइ प्रमूख अतिथि थिए भने कोदी प्रदेश साँसद मानबहादुर राइ बिशेष अतिथि थिए ।
प्रथम विद्यालय तह बृहत् शैक्षिक प्रदर्शनीको बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले समापन गरेका अन् । समापनमा बोल्दै राइले विज्ञान र प्रविधिको युगमा किताबी ज्ञानले मात्र पूर्ण नहुने भएकोले नगरपालिकाले यस्तो प्रदर्शनी कार्यक्रमको आयोजना गरेको बताए ।
प्रदर्शनी अबधिभर अमर सेकेण्डरी स्कूल, गुरुकुल पाठशाला, बेलबारी ६ को बिरेन्द्र मावि, मोरङ ज्ञानोदय स्कूल, लक्ष्मी मावि, बेलबारी ८ को सिंहदेवी एकेडेमी, बेलबारी १० मा अबस्थित महेन्द्र मावि, बेलबारी २ को शिक्षा सन्देश इङ्लिस स्कुल लगायत परिब दर्जन सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले मौलिक साँस्कृतिक, पौराणिक तथा परम्परागत सामग्रीहरु राखेका थिए । प्रदर्शनीमा हर्पे, क्यासेट, चुलो, पिरा, ठेकी, हलो जुवा, ठेकी, ठुन्से, माना पाथी, ढिकी, जाँतो, मदानी, कोक्रो, धनुषकाँड, रोटेपिङ, कोक्रो, धनुष काँड, रोटेपिङ, तामे गाग्री, लाल्टिन, कुपी, माना, पाथी, पेरुङ्गो, चुलो, डोको, झ्याम्टा, ढोल, हार्मोनियम, मादल, ओख्ली, मुस्ली, पेरुङो, फुङा, सिक्काको माला, डालो, मकैको झुत्ता, डुना, टपरी, घैंटो, रिल क्यामेरा, माछा राख्ने बाँसको खुँगी, मान्द्रो, सन्थाल भेषभुषा, दमाहा, तुन्दा, कपडा बुन्ने चर्खा, हुलाक टिकट, पुस्तक, गरहहना, ढीकी तथा धिमाल भेषभुषा, ढोल, झ्याम्टा, लाखे पहिरनदेखि धिमाल बस्ती, चौधरी बस्ती, लिम्बु बस्ती, मगर बस्ती र राजबंशी बस्ती तथा रहनसहन जस्ता मौलिक साँस्कृतिक, पौराणिक तथा परम्परागत सामग्रीहरु बिशेष आकर्षण बनेका थिए ।
त्यर्सगरी घण्टाघर, मन्दिर , ग्लोब, एवम् गमलामा रोपिएका विभिन्न जातका बिरुवा आदि मात्र होइन, धरहरादेखि आधुनिक भवन, मन्दिर, परम्परागत घरहरु लगायत धान, मकै गहुँ, दाल र तिलबाट बनाएको नेपालको नक्सा आदि पनि शैक्षिक प्रदर्शनीमा प्रदर्शन भएका थिए । प्रदर्शनीमा विद्यार्थीले तयार गरेका कलात्मक आकृति, पेण्टिङ, हस्तकला सामग्री मात्रै होइन गणितसँग सम्बन्धित स्टलहरु पनि राखिएका थिए ।
प्रदर्शनीमा विभिन्न स्कुलका विद्यार्थीहरुले पहाड पर्वतका आकृति, सोलार पावर प्लाण्ट, भुकम्प प्रतिरोधात्मक संरचना, पाचन प्रणाली, इलेक्ट्रोनिक गाडी कुलो पैनीको फोहोर सफा गर्ने मेसिन आदि पनि थिए् । प्रदर्शनीमा चित्रकला तथा मुर्तिकला प्रदर्शनी,बौद्ध गुम्बासँग सम्बन्धित सामग्री, कविता कर्नर, भाषा तथा साहित्य प्रदर्शनी जस्ता स्टलहरु पनि थिए ।
प्रदर्शनीको उद्घाटनकै दिन गुरुकुल स्कुलका विद्यार्थीहरुले हवाई जहाज उडाएर सबैलाई चकित पारेका थिए । त्यसैगरी बेलबारी १० स्थित लक्ष्मी माविका विद्यार्थीले बनाएको ३ जना बसेर सवारी गर्न मिल्ने बग्गीमा इच्छुक ब्यक्तिहरुलाइ चारैदिन घुमाइएको थियो ।
प्रदर्शनीस्थलको पश्चिमतर्फ विभिन्न स्कुलका विद्यार्थीले खानेकुराका स्टलहरु पनि राखेका छन् । जसमा भुटेको मकै, सेलरोटी,फुरौला, भुजाको डल्ला, पकौडा, आलु परौठा, फ्राइ राइस, चटपटे लगायतका खानेकुराका स्टलहरु पनि थिए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक विशेष कार्यक्रमका बिच प्रदर्शनीको उद्घाटन गरेका थिए । प्रदर्शनीमा प्रदेश सांसदहरु ज्ञानेन्द्र सुवेदी, मान बखादुर लिम्बू, कोशी प्रदेशका पूर्व मूख्यमन्त्री शेरधन राइ लगायतका अतिथिहरु आएका थिए ।