बेलबारीमा बाल साहित्य तथा धिमाल भाषा गोष्ठी एवं रचना वाचन कार्यक्रम चल्दै
- १६ माघ २०८१, बुधबार
बेलबारी साहित्य विकास समिति र प्रज्ञा प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा दुई दिवसीय बाल साहित्य तथा धिमाल भाषा गोष्ठी एवं रचना वाचन कार्यक्रम सुरु भएको छ ।

बेलबारी ३ स्थित बेलबारी बहुमुखी क्याम्पसको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरी गोष्ठी तथा साहित्य वाचन कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा भगवती मावि, आदर्श सेकेन्डरी स्कुल, माउन्टेन इ स्कुल, सगरमाथा इ स्कुल, वीरेन्द्र मावि, कबिर मा वि, शिक्षा सन्देश इ स्कुल, भानु स्कुल बेलवारी लगायतका विद्यालयबाट उपस्थित विद्यार्थी र बेलबारीका विभिन्न श्रष्टाहरुले आफ्नो रचना प्रस्तुत गतेका थिए । कार्यक्रममा साहित्य क्षेत्रमा योग्दान पुर्याएका ब्यक्तिहरु थापा र छवि घिमिरेलाई सम्मान गरिएको थियो ।
दुई दिवस्यीय कार्यक्रमको पहिलो दिन विशिष्ट अतिथिका रूपमा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, प्रतिनिधि सभाकी पूर्व सदस्य कुन्ता शर्मा, अतिथिहरू बेलबारी ३ का वडाध्यक्ष योगेन्द्र सुवेदी, बेलबारी बहुमुखी क्याम्पस प्रमुख भूपेन्द्र कोइराला, साहित्यकार इरन राई, रमेश निरौला, श्री प्रसाद पोखरेल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि को उपस्थिति रहेको थियो ।
बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा बुधवारबाट सुरु भई बिहीबार सम्पन्न हुने कार्यक्रमको उद्घाटन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यता थियो भने बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी नगर प्रमुख दिल प्रसाद राईले यस किसिमको कार्यक्रमले बालबालिकाको वृत्ति विकासमा टेवा पुग्ने बताए । उनले पछिल्लो समय बेलबारीमा सहित्यको लहर चलेको शरण गर्दै यसको संरक्षण र विकासमा नगरको तर्फबाट भरपुर सहयोग गर्ने बताए।
कार्यक्रमको प्रमुख अतिथीका रुपम रहेका उपकुलपति निभाले मोफसलमा सहित्यको चर्चा र यस प्रकृतीमा कार्यक्रम बढ्दै गएकोमा खुशी व्यक्त गरे । उनले यस्तै कार्यक्रमले प्रज्ञा प्रतिष्ठानको महत्त्व पुष्टि गर्न थप बल पुर्याउने बताए ।
कार्यक्रममा बाल साहित्य सन्दर्भ सामग्री प्रस्तुत गर्दै साहित्यकार इरन राईले बेलबारीमा बाल साहित्य विकासको इतिहास बारे चर्चा गरेका थिए । कार्यक्रममा साहित्य क्षेत्रमा योग्दान पुर्याएका ब्यक्तिहरु थापा र छवि घिमिरेलाई सम्मान गरिएको थियो ।







































































