इन्द्रहाङले १५ लाख खर्चेर बनाइदिने भए स्कुल भवन, वडाध्यक्षले गरे शिलान्यास

  • २१ माघ २०८१, सोमबार

बेलबारी २ मा अबस्थित सिंहदेवी आधारभुत विद्यालयको नयाँ भवन शिलान्यास भएको छ ।
हाल बिदेशमा रहेका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष इन्द्रहाङ राइको सहयोगमा करिब १५ लाख लागतमा बन्ने भवनको शिलान्यास गरिएको हो । सरस्वती पूजाको अबसरमा सोमबार बेलबारी २ का वडाध्यक्ष कृष्ण गुरुङ र इन्द्रहाङकी दिदी पबित्रा राइले भवन शिलान्यास गरेका छन् ।
ब्यबस्थापन समिति अध्यक्ष राइले बिगतदेखि नै स्कुललाई सहयोग गर्दै आएका छन् ।
उनकै पालामा यसअघि कक्षाकोठाहरुमा सिलिङ लगाइएको छ ।
राइले एक बर्षका लागि आफैंले खर्च ब्यहोर्ने गरी एक जना शिक्षक समेत ब्यबस्था गरेको स्थानीय बिजय कार्कीले बताए ।
बिक्रम सम्बत २०४८ सालमा स्थापित स्कुलमा हाल ७ जना शिक्षक शिक्षिका कार्यरत छन् भने कक्षा १ देखि ५ सम्म ९० जना विद्यार्थीहरु अध्ययनरत छन् ।
न्युन साधन स्रोत भएको यस स्कुलका लागि स्थानिय बागदेवी सामुदायिक वन लगायत विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका छन् ।
विभिन्न समुदायको वसोवास रहेको क्षेत्रको यस स्कुलमा पिछडिएका र दलित समुदायका विद्यार्थीहरू समेत अध्ययनरत छन् ।