२२ बर्षे बेलबारी उद्योग बाणिज्य संघको पाँचौं बार्षिक साधारणसभा
- २० माघ २०८१, आईतवार
बेलबारी उद्योग बाणिज्य संघको पाँचौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राइको प्रमुख आतिथ्यता, संघका अध्यक्ष अशोक कुमार श्रेष्ठको अध्यक्षता र महासचिव बिवेक मिश्रको संचालनमा संघको आफ्नै सभाहलमा शनिबार साधारणसभा सम्पन्न भएको हो ।
स्थापना भएको २२ बर्ष भएपनि पाँचौं साधारणसभामा ब्यापारी, ब्यबशायी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । साधारणसभामा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइराला, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाल लगायतको बिशेष आतिथ्यता थियो । त्यस्तै सुन्दरहरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कार्की, केराबारी ब्यापार प्रबन्ध समितिका अध्यक्ष किशुन शाही लगायत छिमेकी ब्यापारिक संस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।
साधारणसभामा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले अहिले जतासुकै मेला र महोत्सवको होडबाजी बिक्रितिको रूपमा फैलिएको बताए । उनले उद्योग बाणिज्य संघहरुले आ-आफ्ना बार्षिक क्यालेन्डर बनाएर ब्यापारिक, औद्योगिक, कृषि जस्ता महोत्सव आयोजना गर्न सके मेला महोत्सवका नाममा हुने बिक्रीती पनि कम हुने र देशको आर्थिक उन्नतिमा पनि टेवा पुर्याउन सकिने बताए ।
साधारणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राइले उद्योग बाणिज्य संघ हाम्रो संस्था हो भन्ने अनुभुति गराउन संघले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने बताए । ब्यापार ब्यबशायको अवस्था हेरेर नगरपालिकाले यस बर्ष घर बहाल करमा ५० प्रतिशत छुट दिएको बताउँदै राइले ७ बिघा जग्गा ब्यबस्थापन गर्न नसक्दा प्रत्येक पालिकामा औद्योगिक ग्राम बनाउने नेपाल सरकारको योजना पूरा हुन नसकेको बताए ।
कार्यक्रममा विभिन्न शिर्षकमा ६ जना व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो । नियमित सदस्यता नविकरण तर्फ अनिल कुमार चौधरी र चन्द्रहाङ लिम्मू, उद्योग तर्फबाट गणेश चौधरी, वाणिज्य तर्फ राधाकृष्ण श्रेष्ठ, कृषि उद्यमी तर्फ सुवास राई र महिला उद्यमी तर्फ मिरा खड्कालाई सम्मान गरिएको थियो । साथै संघले दिपक बुढाथोकिलाई कदरपत्र द्धारा सम्मान गरेको थियो ।
कार्यक्रममा बेलबारीका अभियानकर्मी समाजसेवी तिलक प्रसाद राईले पहुँच हुनेलाइँ कम नहुनेलाइ बढी राजस्व र कर तिराउने राज्यको नीति ठिक नभयको बताउदै बैज्ञानिक कर प्रणाली नहुँदा जर्वजस्त कर थोपर्ने परिपाटीले उध्योग ब्यापार ध्वस्त भयको बताए ।
कार्यक्रममा सून्दरहरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कार्कीले ब्यबसायिक महोत्सबले उधोगी ब्यबसायी हरुलाइ फाइदा नहुने बताउँदै मेला महोत्सवहरु उद्योगी व्यवसायिहरुको आदिकारिक संस्थालाई मात्र दिन स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने औल्याए ।कार्यक्रममा संघका पूर्व अध्यक्ष योगेन्द्र सूवेदी नेकपा एमालेका प्रतिनीधि लगायतले शुभकामना व्यक्त गरेका थिए ।

साधारणसभामा अध्यक्षको प्रतिवेदन पेश गर्दै संघका अध्यक्ष अशोककुमार श्रेष्ठले कार्यसमितिले २० महिनाको अबधिमा नेपाल उद्योग बाणिज्य संघको सदस्यता लिन सफल भएको, नगरपालिकासँग समन्वय गरी घर बहाल करमा ५० प्रतिशत छुट सुबिधा दिलाएको र भुमिकर, सम्पत्ति कर आदि घटाउन महत्त्वपूर्ण भुमिका खेलेको र रक्तदान शिविर, नापतौल शिविर आदि संचालन गरेको बताए । प्रतिवेदनमा २०८२ सालमा संघले प्रथम बेलबारी एक्पो गर्ने उल्लेख गरिएको छ ।