बेलबारी प्रज्ञा-प्रतिष्ठानले गरायो बहुभाषी कविता गोष्ठी, लोगो पनि सार्वजनिक
- २७ माघ २०८१, आईतवार
बेलबारी प्रज्ञा- प्रतिष्ठानद्वारा आयोजित बहुभाषी कविता गाेष्ठी सम्पन्न भएकाे छ ।
बेलबारी नगरभित्रका भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, विकास र विस्तार गर्ने उद्देश्यले प्रतिष्ठानले कार्यक्रम गरेको हो ।
अध्यक्ष रेखा सुवेदीकाे अध्यक्षतामा भएको कार्यक्रममा बेलबारी नगरपालिकाका नगर प्रमुख तथा बेलबारी प्रज्ञा-प्रतिष्ठानका प्रमुख संरक्षक दिलप्रसाद राइको प्रमुख आतिथ्यता र प्रतिष्ठानकी संरक्षक तथा उपप्रमुख नितु थापा कोइरालाको बिशेष आतिथ्यता थियो ।
बहुभाषी कविता गाेष्ठीको कार्यक्रममा प्रेम गुरुङले गुरुङ, शिवनारायण पण्डित सिङ्गलले मैथिली, शिव छाङछा र पारुहाङ राईले बान्तावा, हुपेन्द्र भण्डारीले संस्कृत, सन्देश तामाङ र भावना तामाङले तामाङ, सरिता तुलाधर र बाल कवि तरुसा प्रधानले नेपाल भाषा (नेवार), कलावती खवासले खवास, सुधार्नी राजवंशी, राजासाहेव राजवंशी र टङ्क राजवंशीले राजवंशी, सरस्वती याखाले याखा, अस्मिता उरावले उराव, भुवन कार्कीले अङ्ग्रेजी, दुखनी दनुवारले दनुवार, शिव पराजुलीले हिन्दी भाषामा रचना प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रममा दिप मङ्ग्राती, विनोदकुमार चापागाईँ, युसन सापकोटा, शान्ता न्यौपाने, तीर्थराज सिग्देल, जुनु बुढाथोकी, फणिन्द्रप्रसाद निरौला, लक्ष्मी रेग्मी सुवेदी, मैया विश्वकर्मा र टीकाराम कार्कीले नेपाली खस, शेरबहादुर खपाङ्गी मगरले मगर, चक्र लोहोरुङले लोहोरुङ, सञ्जीव धिमाल, टीका धिमाल र सन्दिरा धिमालले धिमाल भाषामा कविता/ गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जेबी थुलुङ, भूपेन्द्रप्रसाद कोइराला, रमेश निरौला, केशु विरही, नवशीला, भगवती श्रेष्ठ, कविन्द्रराज धिमाल अतिथि थिए ।
कार्यक्रममा बेलबारीका भुवन कार्कीको `मलाई पनि´ बोलको गीत प्रस्तुत गरेका थिए ।
बेलबारी नगरपालिकाको बेतना सभाकक्षमा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कुलप्रसाद बरालले गरेका थिए भने उपाध्यक्ष मनकुमार गुरुङले कार्यक्रममाथि प्रकाश परेका थिए ।
सोही कार्यक्रममा बेलबारी प्रज्ञा प्रतिष्ठानको प्रतीक चिन्ह (लोगो) पनि सार्वजनिक गरिएको छ । ….



