बेलबारी हत्याकाण्ड, १९ बर्ष बित्यो तर पिडितले पाएनन् न्याय
- ११ बैशाख २०८२, बिहीबार
अम्बिका भण्डारी
“बाह्र बर्षमा बगेको खोला पनि फर्किन्छ” भन्ने एउटा नेपाली उखान छ, तर बाह्र बर्ष त के कुरा १८ बर्षमा पनि फर्केन । मोरङको बेलबारीमा भएको एउटा दर्दानाक र कहालीलाग्दो हत्याकाण्ड भएको १९ बर्ष बितिसकेको छ । तर न त मृतक ७ जनाका परिवारसहित पिडितले न्याय नै पाएका छन् न त दोषीलाई कारबाही नै भएको छ ।
घटना भएको यतिका समय बितिसक्दा समेत पिडितहरुले उचित न्याय पाएका छैनन । आशै आसमा बसेका घटनाका पिडितहरुले अब त न्याय र उचित क्षतिपूर्ति पाउने झिनो आशा पनि मारिसकेका छन । घटनाका मुख्य दोषीलाई कारबाही भएको हेर्ने पिडितको धोको जिवितै छ तरपनि स्थानीय सरकारदेखि सम्बन्धित र सरोकारवाला पक्षहरूले बेलबारी हत्याकाण्डको घाउ बिर्सिसकेका छन् ।
यसरी भएको थियोे बेलबारी हत्याकाण्ड
लोकतन्त्र प्राप्तिका लागि सबै नेपालीहरु सडकमा थिए । अघिल्लो दिन अर्थात २०६३ बैशाख ११ गते जनआन्दोलन उत्कर्षमा पुगी ुलोकतन्त्रु आएको थियो । ठिक त्यति नै बेला बैशाख १२ र १३ गते मोरङको बेलबारीमा नेपाली सेनाले नरसंहारकारी घटना गरायो ।
सोही घटनामा बेलबारी ३ की स्थानीय २२ बर्षीया सपना गुरुङको नेपाली सेनाले बलात्कारपछि हत्या गरेको हल्ला फैलियो । बेलबारी ३ स्थित भगवती स्कुल पछाडि सेनाले बिभ्त्स हत्या गरेको अबस्थामा सपनाको लाश भेटियो । सपनालाइ हत्या गरेको भोलिपल्ट बैशाख १३ गते घटनाको बिरोधमा सैंयौं स्थानीयबासीले सेनासमेत बसेको इलाका प्रहरीकार्यालय घेराउ गरे । आक्रोशित स्थानीयले गेटका तारघेरा तोड्नुका साथै आगजनी पनि गरे । हुलदुंगा थामिनसक्नु भएपछि सेनाले कुनै चेतावनी वा हवाइ फायरसम्म नगरी इलाका प्रहरी परिसर र इप्रकाभन्दा उत्तरपट्टी रहेको बाणिज्य बैंक रहेको घरको छतबाट अन्धाधुन्ध चारतिर गोली चलाँउदा थप ६ जनाको ज्यान ५२ जना सर्बसाधारण घाईते भए ।
सो हत्याकाण्डमा परी तत्कालै बेलबारी ३ का सुनिता ऋषिदेब बेलबारी २ का प्रसाद गुरुङ, तत्कालीन इन्द्रपुर ३ का फुर्बा तामाङ, इन्द्रपुर ४ का प्रभुनाथ भटराई, मृगौलिया ८ का छत्र बहादुर परियारको तत्कालै मृत्यु भयो । घटनामा घाईते भएका बेलबारी ४ का गोपालचन्द्र गौतमले पनि पिडा सहन नसकेपछि २०६६ चैत १४ गते आत्महत्या गरे ।
यो नरसंहारकारी घटनापछि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरलै बज्ने साईरन बज्यो । घाइतेहरुको भिडले अस्पताल नै भरीभराउ जस्तै भयो । हत्याकाण्डको भोलि पर्सीसम्म भिडभाडमा भाग्ने क्रममा छोडिएका सैयौं जुत्ता चप्पलहरु राजमार्ग र सडकहरुमाअसरल्ल थिए । हत्याकाण्डकै कारण बेलबारी महिनौंसम्म त्रसित बन्यो ।
घटनापछि सरकारले तत्कालिन सांसद परी थापाको संयोजकत्वमा संसदीय छानबिन समिति बनायो । झन्डै एक बर्षपछि छानविन समितिले मृतकका परिवारलाई १० लाख, अङगभङग् भई घाइते भएकालाई ६ लाख, घाइतेलाई ७५ हजार र सामान्य घाइतेलाई २५ हजार क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गर्यो
। तर सरकारले मृतकका परिवारलाई पहिले जनही ३ लाख, अङगभङ्ग भई घाइते भएका १० जनालाई जनही ७५ हजार, घाइते २२ जनालाई जनही २५ हजार र सामान्य घाइतेलाई १० हजारका दरले क्षतिपूर्ति दिएकोमा पटक पटक गरी मृतकका परिवारलाई १० लाख रुपैया उपलब्ध गराएपनि घाईतेहरु भने राहत र उपचार खर्चको अभावमा तड्पिएर बसेका छन् ।
के छ पिडितहरुको अबस्था ?
घटना भएको यतिका बर्ष बितिसक्दा समेत घटनाका पिडितले अझै न्याय पाएको महसुस गर्न सकेका छैनन् । घाइते फिरोज खान बैठाखीको सहारामा हिँड्न सक्ने भएपनि आर्थिक रुपले बिजोग अबस्थामा छन् । अर्का घाइते गणेश दाहाल पनि घरै थलिएर बसेका छन् । मृतकहरुमध्ये सपनाकी आमा बेलबारी १ की ६० बर्षीया शोभा गुरुङ सरकारबाट सपनाका छोरीहरूलाइ निशुल्क अध्ययन गराउने लगायतका थुप्रै आश्वासन पाएको तर आश्वासनबाहेक अरु केहि नपाएको बताउँछिन् । अन्य मृतकका परिवार र घाइतेहरु पनि गुननाम अबस्थामै कष्टकर जीवन जिउन बाध्य छन् ।
सपना गुरुङ् हत्या काण्डका दोशीलाई तत्काल कारवाही घाईतेलाई क्षतिपूर्ति उपचारको माग राखेर केही बर्ष त पीडितहरुले थुप्रैपटक आन्दोलन पनि गरे तर घटनाबाट कम पीडित भएपनि राजनीतिक आडमा सङघर्ष समितिको नेतृत्व गरेका ब्यक्तिले बेवास्ता गर्नाले आन्दोलन सेलाएको पीडितहरु बताउँछन् ।
सात जनाको ज्यान जाने गरी भएको हत्या काण्डका पीडितहरुले गिरिजा प्रसाद कोइराला,माधब कुमार नेपाल,पुष्पकमल दहाल नेतृत्वको सरकार हुँदा गृहमन्त्रालयदेखि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा मागपत्र बुझाउँदा पनि बेवास्ता भएको पीडितहरुको गुनासो छ ।
अपाङ्ग भत्तासम्म पाएका छैनन् पीडितले
सोही घटनामा घाईते भएका ब्यापारी फिरोज खान अझैपनि राम्रोसँग हिँडडुल गर्न सक्दैनन । खुट्टामा चोट लागेका खानको आफ्नो भन्ने बैशाखी मात्रै हो । त्यसैले उनी त्यसकै भरमा हिँडडुल गर्छन् । आफन्तहरु भारतमा भएका कारण उनको आफ्प्नो कागजात नपुगेको भन्दै उनको न नागरिकता बनेको छ, न त अपाङ्ग कार्ड नै । पटकपटक केन्द्रियदेखि स्थानीय सरकारकोमा घाएका उनी आर्थिक अभावमा कष्टपुर्ण जीवन जिउन बाध्य छन् । पहिले चुरी ब्यापार गरेर राम्रै कमाई गर्दै आएका फिरोज एक्लो जीवन बिताइरहेका छन् । घाईते भएपछि उनको बिवाह समेत हुन सकेन । सरकार र सम्बन्धित पक्षले आफुहरुको माग पुरा नगर्दा जिबन जिउँन गाग्रो भएको खानको गुनासो छ ।
कारबाही भएन घटनाका दोषीहरुलाई
शुरुमा सरकारले नै दोषीलाई कारबाही गरिने बताएको थियो । घटनाका मुख्य दोषी किटान गरिएका नेपाली सेनाका तत्कालीन क्याप्टेन प्रल्हाद थापा मगर लगायतलाई सेनाले आन्तरिक कारबाही गर्ने बताए पनि के कारबाही गरियो या गरिएन रु उनी अहिले कहाँ के गर्दैछन भन्ने कसैलाई जानकारी छैन ।
आफ्नी छोरी लगायतको हत्या गर्ने योजनाका मुख्य नाईके प्रल्दाद मगर नै भएको र उनलाई हदैसम्मको कारबाही भएको देख्न र सुन्न पाएमात्रै आफनो छोरीको आत्माले शान्ति पाउने सपनाकी आमा बताउँछिन । आफु जिवितै हुँदा दोषीलाई कारबाही भएको सुन्ने र देख्ने उनको ठुलो सपना छ । टुहुरा नातिनातिनाकी अभिभावक बनेर लालनपालन र शिक्षादिक्षा गरेर बसेकी उनको चाहना छ दोषीलाई कारबाही होस् नत्र छोरीको आँसुले पिरोलोस् ।
स्थानीय सरकार बेखबर
तत्कालीन बेलबारी गाबिस हाल बेलबारी नगरपालिका कायम भएको छ । बेलबारी नगरपालिकामा स्थानीय सरकारको एउटा कार्यकाल ५ बर्ष सकिएर अर्को कार्यकालको पनि आधाभन्दा बढी समय बितिसकेको छ । तर स्थानीय सरकारले हत्याकाण्डका बिषयमा चुपचाप छ । नगरपालिकाले बेलबारी हत्याकाण्डका पीडितलाइ राहत दिने त कुरै छाडौं, त्यस बिषयमा एउटा कार्यक्रम पनि गरेको छैन ।





