अदालतको आदेशलाई खिल्ली उडाउंदै प्रहरी, रिहा गरिएको एकैछिनमा पुनः गिरफ्तार
- ३० श्रावण २०७५, बुधबार
धनुषाको मिथिला नगरपालिका बडा नं ६ निवासी देवनारायण शाहलाई धनकुटा जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयले झुठो मुद्धा लगाई अनुसन्धानको नाममा गैरकानूनी थुनामा १० दिनदेखि राखेको छ ।
उच्च अदालत विराटनगरको धनकुटा इजलासले आजै वन्दीप्रत्यक्षीकरणको आदेशबाट थुना मुक्त गरेको केही छिन पछि नै जिल्ला प्रहरी कार्यालयको प्रहरीको टोलीले पुनः गिरफ्तार गरी अज्ञात स्थल तर्फ लगेको हो ।
शाहलाई धनकुटाको वाणिज्य वंैक,सेल्फी चौतारोको नजीकै शंकास्पद अवस्थामा भेटिएकोले सोधपुछ गर्दा प्रहरीलाई कर्तव्यपालनमा अवरोध पुर्याएको पक्राउ गरी सार्वजनिक अपराध ऐन अनुसार मुद्धाको अनुसन्धानका लागि हिरासतमा राखेको दाबी गरिएको छ ।
तर वास्तविकता प्रहरीले दाबी गरेजस्तो छैन । शाहलाई इनरुवाको हरिपुरमा उनकै मितको घरबाट गिरफ्तार गरी चकर्घट्टी इलाका प्रहरी कार्यालयमा थुनामा राखिएको २५ सांै दिन रकम राहदानी वापत भनी रसिद दिई दुई हजार रुपैयाँ लिएर छाड्नेबित्तिकै साउन २१ गते पुन पक्राउ गरी राति धनकुटा ल्याई थुनुवा पूजी दिई थुनामा राखिएको थियो ।
शाहलाई अदालत अगाडिको सडकबाट प्रहरीले पुनः थुप्रै मानिसहरु सडकमा भेला भएका थिए । उनीहरूले अदालतको आदेशको अवज्ञा गर्दै त्यस प्रकारले प्रहरीको गिरफ्तारीलाई निर्लज्ज कदम भनेर आलोचना गरेका थिए । रिहाइ गर्दा अदालतले शाहलाई उच्च अदालत बार एशोसिएसनका अध्यक्ष लाखमान राईलाई शाहलाई जिम्मा लगाएको थियो ।