चुरे संरक्षणकाे टोलीद्वारा पूर्वकै ठुलो सिमसारको अबलोकन
- १८ जेष्ठ २०७५, शुक्रबार
केशु विरही, बेलबारी / बेलबारी र सुन्दरहरैचा नगरपालिकाकाे सिमानामा निर्माण भैरहेकाे पर्यटकीय पाेखरी “बासुकी” वाटर रिचार्ज सेन्टरकाे राष्ट्रप्रति चुरे तराई मधेष संरक्षण समितिकाे केन्द्रीय कार्यलयबाट सदश्य सचिव हेमलाल अर्यालकाे नेतृत्वमा अाएकाे केन्द्रीय टाेलीले स्थलगत भ्रमण गरी पछिल्लाे अवस्थाकाे वारेमा जानकारी लिएकाे छ ।
साे टाेलीमा विभागका उपसचिव श्रीप्रसाद बराल, वाेर्ड सदश्य दिपा प्रधान अादिकाे सहभागिता रहेकाे थियाे ।
राष्ट्रप्रति चुरेकाे ७२ लाख वागदेवदी र सुकुना सामुदनयिक वनकाे १५ लाख गरि जम्मा८७ लाखमा पर्यटकीय पाेखरी निर्माण भैरहेकाे छ ।
बेलबारी नगरपालिका वार्ड नं २ र सुन्दरहरैचा नगरपालिका वार्ड नं १० काे सिमानामा निर्माण भैरहेकाे साे पर्यटकीय पाेखरीकाे लागि रकम अपुग हुने भए पछि बेलवारी र सुन्दरहरैचा नगरपालिकाले ५/५ लाख उपलव्ध गराउने भएका छन् ।
पाेखरीकाे स्थलगत भ्रमण पछि राष्ट्रपति चुरे तराई मधेष विकास समितिका सदश्य सचिव हेमलाल अर्यालले यस्ता पाेखरीले पर्यावरणकाे संरक्षण मात्र नगरेर स्थानीस्तरमा राेजगारकाे पनि सिर्जना गर्ने वताए ।
साथै पर्टकीय पाेखरीकाे प्रवर्धनमा चुरेकाे भूमेका कस्ताे रहनेछ भन्ने प्रश्नमा विभागका उपसचिव श्रीप्रसाद बरालले बासुकीकाे प्रवर्धनका लागि चुरेकाे मात्र भर पर्नु नहुने, अव स्थानीय निकायले यसकाे जिम्मा लिनु पर्ने अासय व्यक्त गरे ।
भ्रमणमा अाएकाे टिमलाई बासुकी परियाेजना उपभाेक्ता समितिका अध्यक्ष रामकुमार मास्के, सचिव फडिन्द्र थापा तथा प्राविधिक परामर्शदाता नागेन्द्र झाले कामकाे वारेमा जानकारी गराएका थिए । पूर्वकै वहुप्रतिष्ठित रुपमा लिईएकाे पर्यटकीय पाेखरी “बासुकी” परियाेजनाकाे वाँधकाे निर्माणको कार्य अन्तिम चरणमा पुगेकाे छ ।