मध्यरातमा महिलालाई अपहरणपछि बलात्कार गर्ने पहरी फन्दामा

  • २८ भाद्र २०७४, बुधबार

बेलबारी, मोरङ  । भाद्र ५ गते राती बेलबारीस्थित सिनेमा हलबाट पतिसगै घरतिर फर्कदै गरेकी बिराटचोककी एक महिलालाइ पतिबाट खोसेर नाटकीय अपहरण गरी बलात्कार गर्ने मोरङको सुन्दरहरैचा ११ बेलेपुर निबासी २१ बर्षे रन्जित तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
जोइपोइ घर फर्कने क्रममा लालभित्तिस्थित बृक होटल अगाडी पुग्दा बाइकको तेल सकिएर अभर परेपछि पेट्रोल खोज्न सहयोग गर्ने बाहनामा तामाङले पत्नीलाई लालभित्ती स्थित पेट्रोल पम्पमा कुर्न लगाएर पतिलाई खोर्साने चोकमा पुर्याइ छाडेको थियो । त्यहाँबाट भागेर लालभित्ती आएको तामाङले पतिले बोलाएको छ भन्दै झुक्याएर महिलालाइ अपहरण गरी बलात्कार गरेको थियो ।
श्रीमतीलाई पेट्रोल पम्पमा एक्लै छाडेको र बाइकवाला पनि त्यतै गएकोले पेट्रोल सेट्रोल खोज्न छाडेर श्रीमान हतार हतार पैदल दौडेर लालभित्तिको पेट्रोल पम्पमा आएका थिए ।
कुदेर पेट्रोल पम्प आइपुग्दा श्रीमती नभएको र केबल पेट्रोल सकिएको बाइक मात्रै थियो । पेट्रोल पम्प एरियामा भएका मानिस सुतिसकेका थिएनन् । त्यसैले पतिले उनीहरूलाई आफ्नी श्रीमतीको बारे सोधे । पम्पवाला साथी भाइहरुले बाइकमा आएको अर्को मानिसले श्रीमान भएको ठाउँमा पुर्याइ दिने भन्दै बाइकमा चढाएको र जबरजस्ती लालभित्तिबाट उत्तरतिर लगेको बताएका थिए ।
अपहरित श्रीमतीको मोबाइल अफ भएकोले उनले साथीभाइ गुहारे । अरु आइपुगेपछि प्रहरीसगसंगै हतार हतार लालभित्तिदेखि उत्तरतिर लागे । तर देवीझोडा पुग्दा महिलालाई बलात्कार गरी त्यो पापी भागिसकेको थियो । हुन त एक मानिसले मध्यराततिर जबर्जस्ती महिलालाई खोलातिर लगेको देखेपछि स्थानीय कुमाल टोलका केही युवाले बाइकको पिछा गर्ने कोशिश गरेका थिए । निकैबेरपछि उनीहरू लोहोन्द्रा खोलामा पुग्दा उनीहरूले बाइकवाला र महिलालाइ भेटेका थिए पनि ।

त्यो पापीले महिलालाई बलात्कार गरिसकेको रहेछ । महिला रोइ कराइ गरेकोले युवाले खोलामा आएका महिला र बाइकवाललाइ केरकार गरेका थिए । बाइकवालाले महिलालाई उछिन्दै आफुहरु ब्वाइ फ्रेण्ड र गर्ल फ्रेण्ड भएकोले घुम्न आएको बतायो, तर त्यस्तो लाग्दैनथ्यो । त्यसैले युवाहरूले पहिले नै बाइकको नम्बर नोट गरिसकेका थिए । बाइकको नम्बर थियो मे ५ प ६८५९,दुई सय २० सीसीको निलो बाइकको नम्बर लिएपछि युवाले त्यो बाइकवालालाइ नियन्त्रणमा लिने कोशिस पनि नगरेका होइनन् तर बाइकको चावी हरायो भन्दै उनीहरूलाई छ्क्याएर त्यही बाइकमा भागेको थियो ।
त्यो बाइकमा चाबी नै रहेनछ , चावी बिना नै स्टार्ट हुने भएकोले त्यो उम्कन सफल भएको थियो । लालभित्तिबाट ती महिलाका श्रीमान अनि बेलबारी र केराबारीबाट प्रहरी टोली आइपुग्दा बलात्कारी भागिसकेको थियो । चारैतिर खोज्दा पनि त्यो मान्छे भेटिएको थिएन ।
घटनापछि फरार निज तामाङलाई दमकबाट बिराटचोक आएको बेला भाद्रको अन्तिम हप्ता अर्थात केही दिन अघि पक्राउ गरि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्चार्ज प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । तामाङ पक्राउ पर्नुअघि नै प्रहरीले निज बिरुद्ध जिल्ला अदालत मोरङमा बलात्कार सम्बन्धि मुद्दा दायर गरिसकेको छ । – अम्बिका भण्डारी