एक सय १० बर्षिया बृद्दासहित सुन्दरहरैचाभरिका दुई दर्जनभन्दा बढी जेष्ठ नागरिक सम्मानित

  • १६ आश्विन २०७५, मंगलवार

बिराटचोक, माेरङ/ सुन्दरहरैंचा नगरपालिकाले नगरभरिका जेष्ठ नागरिकहरुलाई सम्मान गरेर २८ अाैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएकाे छ ।

जेसिस सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं १ का प्रमुख डा. गाेविन्द तुम्याङले  जेष्ठ नागरिकहरुलाई दाेसल्ला अाेढाएर सम्मान गरेका थिए ।

साे कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई, उद्याेग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईँ लगायतका विशिष्ट महानुभावहरुकाे उपस्थिती रहेकाे थियाे ।

साे अवसरमा सुन्दरहरैचा वार्ड नं ७ का १ सय १० वर्षीय महेश्वरा अधिकारी र वार्ड नं ९ कि १०२ वर्षीय रामबहादुर कुमर दनुवारलाई क्रमशः नगर माता र नगर पिता घाेषणा गरिएकाे थियाे । उनीहरुलाई नगद तथा खादाले बिशेष  सम्मान गरिएकाे थियाे । उनीहरूसंगै सुन्दरहरैंचाका १२ वटै वडाका दुई दुई जना गरी २४ जना जेष्ठ नागरिकलाइ पनि सम्मान गरिएको छ ।

प्रमुख अतिथिले कार्यक्रमलाई सम्वाेधन गर्दै वृद्ध वृद्धा भनेका समस्या नभएर अवसर भएकाे वताउँदै उनीहरुकाे उचित सम्मानमा विशेष ध्यान पुर्याउनु पर्ने वताए । छाेराछाेरीले अाफ्नाे जिम्मेवारी पूरा गर्ने पर्ने कुरामा जाेड दिएका थिए ।
साथै उनले महत्वपूर्ण कार्यक्रममा अाफूलाई अामन्त्रण गरेकाेमा नगरपालिकालाई धन्यवाद पनि दिए।

सुन्दरहरैचाका मेयर शिवप्रसाद ढकालले जेष्ठ नागरिककाे हक र अधिकारका वारेमा नगरपालिका सम्वेदनशील रहेकाे वताए । उनले जेष्ठ नागरिकलाई सम्मान गर्न पाएकाे खुसी व्यक्त गरे । साे अवसरमा उपमेयर धना तामाङ, जेष्ठ नागरिक समाजका महासचिव रामप्रसाद गजुरेल, नेकपाका केदार गसरागाईँ, समाजसेवी, कृष्णबहादुर भट्टराई अादिले अाअाफ्ना मन्तव्य राखेका थिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले सहभागी सबैलाई स्वागत गरेका थिए ।

जेष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्कीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन नगरपालिकाका कर्मचारी निरज नेपालले गरेका थिए ।