प्याब्सन मोरङको अध्यक्ष भए अर्जुन बस्नेत, बामपंथी प्यानलको एकलौटी बर्चस्व

  • २३ मंसिर २०७५, आईतवार

निजि तथा आवासीय बिद्यालय अर्गनाईजेसन (प्यावसन) मोरङको १४ औँ जिल्ला अधिबेशनले अर्जुन बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

यसअघि जिल्ला उपाध्यक्ष रहेका सुन्दरहरैचा १० खोर्सानेमा रहेको सिद्दार्थ बोर्डिङ स्कुलका प्रिन्सिपल बस्नेतको नेेेतृत्वमा सिंगो प्यानल बिजयी भएको हो ।
निर्वाचित समितिको उपाध्यक्षमा शितला सुब्बा, भक्तराज सुब्बा, सुवास राई र रिता थापा छन् । त्यसैगरी  सचिबमा प्रेमलालसिंह सुवाल, सहसचिबमा बिष्णु डंगोल, सिएम रिजाल, देवी सिटौला तथा कोषाध्यक्षमा जगतबहादुर बस्नेत निर्बाचित भएका छन्  । सदस्यहरुमा पनि बस्नेत नेतृत्वको टोली नै बिजयी भएको छ ।

चुनावमा बिजयी भएको प्यानल बामपंथी हो । प्रजातान्त्रिक प्यानलबाट निवर्तमान अध्यक्ष सुनिल पौडेल पनि प्यानल सहित अध्यक्षका लागि चुनावी मैदानमा उत्रेका थिए । मोरङ प्याब्सनमा २ सय ३० जना सदस्य छन् ।