ज्योति मगर आएपछि रातको चिसो पनि बिर्से केराबारीबासीले

  • १ माघ २०७५, मंगलवार

केराबारीमा चलिरहेको मच्छिन्द्र मेलाको तेश्रो दिन आइतबार साँझ नपर्दैदेखि कार्यक्रम स्थलमा ज्योतिको प्रस्तुती हेर्न दर्शकहरु खुल्ला आकास मुनि ठिहीको प्रर्वाह नगरी बसे । ज्योतिको प्रस्तुति सुन्न र नृत्य हेर्न कतिपय मानिसहरू ज्योति….ज्योति भन्दै चिच्याई रहेका थिए ।

साँझ सबेरै देखि कार्यक्रमस्थलभित्र दार्जिलिङका ख्याति प्राप्त कलाकारहरुको नृत्यसंगै ज्योतिको प्रस्तुतिमा बुढापाकाहरु पनि झुम्मिरहेका थिए । उद्घोषक हरि घिसिङले जव स्टेजमा ज्योतिलाई बोलाए, एकाएक माहौल तातियो । कार्यक्रमस्थल ज्योति ज्योति ज्योति …  शब्दले गुञ्जायमान बन्यो ।
केराबारीमा पहिलो पटक आफनो प्रस्तुती दिन कालो ज्याकेटमा स्टेज उक्लिएकी ज्योतिले नमस्ते केराबारी भनेर सम्बोधन गरिन् । फ्यानहरुले नमस्ते भनेर प्रतिउत्तर फर्काए । त्यसपछि ज्योतिले “कस्तो राम्रो ! नामै केरा…बारी” भनेपछि  हाँसोले कार्यक्रमस्थल गुञ्जायमान बन्यो ।

छाडा अभिब्यक्ति, भड्किला हाउभाऊ र सेक्सी पहिरनका कारण सधै बिवादमा आइरहने ज्योति मगरको प्रस्तुतीले आइतबार तेश्रो दिन मच्छिन्द्रनाथ मेलामा साँझको चिसो मौसम एकाएक गरम बनेको थियो  ।
पहिलो पटक केराबारीमा आफना फ्यानहरुलाई नचाउन र उफार्न आएकी ज्योतिले के के हर्कत गर्लिन् भन्ने धेरैले कौतुहलता जगाइरहेका बेला दर्शकहरुको उत्साह देखेपछि ज्योतिले निरन्तर पौने घण्टासम्म स्टेज तताइन् ।
बाटुलो अनुहार मोटो थाई ,अग्लो हिप र पुष्ट जीउडालकी ज्योति कालो ज्याकेटमा अग्लो हिल लगाएर स्टेजमा उत्रिएकी थिइन् । खोलीभित्र पानी छ, चोली भित्र जवानी भन्दै आफनो प्रस्तुती सुरु गरेकी उनले कार्यक्रम नसकिउञ्जेलसम्म उनले उत्ताउला अभिव्यक्ति न दिएर दर्शकलाई तताइन् । गीतसंगै स्टेजमा हुने प्रस्तुतीले सवैलाई आर्कर्षित मात्र गरेन, दर्शकको चापले कार्यक्रम व्यवस्थापन गर्न समेत स्वयमसेवकहरुलार्य हम्मे हम्मे पर्य्यो । ज्योति मगरको कार्यक्रम हेर्न उत्तरी मोरङका दुर दराजदेखि गाडी रिजर्व गरी युवायुवतीहरुसंगै वुढापाकाहरु समेत आएका थिए ।
उनले नयमा गाजल…., पिरतिमा दम छ …… सुर्खेत बुलबुले तालमा,उहीमुलाको सिन्की, तल पनि पिरलो माथि पनि पिरलो, जिम्बल बाउकी छोरी जस्ता गीतहरु गाएकी थिइन् ।

मच्छिन्द्रनाथ मेला २०७५ को चौथाे दिन सोमबार दिवासत्रको धार्मिक तथा सांस्कृतिक कार्यक्रम भएको छ । कार्यक्रममा किरात जातिहरुको पहिचानमा आएका किरातीहरुले आफनो सांस्कृतिक कला प्रस्तुती गर्नुका विभिन्न भजन किर्तन समुहले भजन किर्तन सहित नाच गान समेत गरेका थिए ।
मेलामा विभिन्न सांस्कृतिक झाँकीहरु सहित मगरको हुर्रा नाच, लिम्बुको ढोल नाच लगायत विभिन्न सांस्कृतिक कार्यक्रम हुने  आयोजकले जनाएको छ। मेलाको अबसरमा भलिबल, छेलो, मेच घुमाई जस्ता प्रतियोगितात्मक खेल समेत भइरहेका छन् । (किशन शाहीको सहयोगमा)