मोरङका सिमसारहरुको संरक्षण तथा प्रबर्द्धन गर्न १९ सदस्यीय समिति गठन

  • १६ माघ २०७५, बुधबार

मोरङमा पर्यटकीय सम्भावना बोकेका र चर्चामा आएका सामुदायिक बन तथा सिमसारका प्रतिनिधिहरुको बैठकले ‘मोरङ सिमसार प्रर्बद्धन तथा संरक्षण समिति’ गठन  गरेको छ ।
बेलबारी स्थित बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहको हलमा मंगलबार भएको भेलाले बेतना सिमसारका अध्यक्ष डम्बर बस्नेतको अध्यक्षमा १९ सदस्यीय तर्दथ समिति गठन गरेको हो । भेेलामा जिल्ला वन कार्यालयका प्रतिनिधि समेतको उपस्थिति थियो ।

नव गठित समितिको उपाध्यक्षमा हसिना सिमसार सुन्दरहरैचाका कबिराज राई र मावा नुनसरी सामुदायिक बनका दिपेन्द्र थापा, सचिबमा शान्ति सामुदायिक बनका कुलबहादुर गुरुङ, सह सचिबमा ग्रामिण सुधार सामुदायिक बनका सुनिता तामाङ र कोषाध्यक्षमा अमना सिसोली बेलबारीका शर्मिला मगर चयन भएका छन । त्यसबाहेक मोरङका विभिन्न पर्यटकीय स्थल तथा सम्भावना भएका क्षेत्रका प्रतिनिधिहरु सदस्यमा चयन भएका छन् ।

पर्यटकीय सम्भावनाको अध्ययन गरी ती क्षेत्रहरुको थप बिकास र सम्बद्र्धनमा काम गर्ने उद्धेश्यका साथ समिति गठन गरिएको अध्यक्ष बस्नेतले बताए।