निर्माणाधिन सृजना पार्कका लागि बुद्ध एयरले दियो २० लाख

  • ४ चैत्र २०७५, सोमबार

मोरङको बेलबारी १० भाउन्नेमा निर्माणधिन सृजना पार्कको लागि बुद्ध एयरले २० लाख सहयोग गरेको छ ।

सोमबार भाउन्नेमा एक कार्यक्रमबिच का बुद्ध  एयर प्राा.लि. का प्रबन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले सो सहयोग गरेका हुन् । बस्नेतले सो सहयोग पार्कको घेराबाराका लागि सहयोग गरेको बताइएको छ । बुद्ध एयरले यसअघि पनि सो क्षेत्रको बिकासका लागि लाखौँ सहयोग गरिसकेको  छ ।

यसअघि पार्क निर्माणका लागी द रिभर ओभरसिजका सञ्चालक रघुनाथ पुरीले १५ लाख रुपैयांँ सहयोग गरिसकेका छन्  । बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत र रिभर ओभरसिजका सञ्चालक पुरी दुवै तत्कालीन डाँगीहाट गाबिस र हालको बेलबारी नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
पार्क निर्माणको पहिलो चरण अन्तरगत  मुर्तिकला कार्यशालामा बिभिन्न देशका मुर्तिकारहरुले मुर्ति निर्माण  गरिसकेका छन्  । स्थानीय सृजना सामुदायिक बन उपभोक्ता समुहको ३३ बिघा बन क्षेत्रमा पन्चबर्षिय योजना अन्तरगत सृजना पार्क निर्माण भईरहेको छ ।