दुर्घटना न्यूनीकरणका लागि पुर्वका टिफरहरुलाइ दिन थालियो ‘टाइम कार्ड’
- ११ चैत्र २०७५, सोमबार
सवारी दुर्घटना न्यूनीकरण महा अभियान अन्तरगत झापा, मोरङ र सुनसरीका टिफर चालकहरुलाइ सवारी आवागमन तालिका ( टाइम कार्ड) शुरु गरिएको छ ।
बढदो सवारी दुर्घटनालाई न्युनीकरण गर्ने ध्येयका साथ सोमबारदेखि मोरङको बेलबारी १० भाउन्नेमा एक कार्यक्रम आयोजना गरी टिफर चालकहरुलाइ टाइम कार्ड बितरण शुरु गरिएको हो । टीफर चालक परशुराम चौधरीलाई पहिलो टाइम कार्ड दिएर उद्घाटन गरिएको कार्यक्रममा ट्राफिक प्रहरी तथा सुरक्षाकर्मी, टिफर चालक, स्थानीय क्षेत्रमा रहेका राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी लगायत सर्वसाधारण समेतको उपस्थिति थियो ।
टाईम कार्ड बितरण गरिएको छ । बढदो सवारी दुर्घटनालाई न्युनीकरण गर्ने ध्येयका साथ सोमबारदेखि मोरङको बेलबारी १० भाउन्नेमा एक कार्यक्रम आयोजना गरी ट्रिपर चालकलाई टाईम कार्ड बितरण गरिएको हो ।
टाइम कार्ड दिन थालिएसँगै झापा, मोरङ र सुनसरी जिल्लामा समय तोकिएको छ । टाइम कार्ड अनुसार भाउन्नेदेखि विराटचोकसम्म ९ किलोमिटर २० मिनेट, विराटचोकदेखि गछियासम्म ७ किलोमिटर १५ मिनेट, गछियादेखि खनारसम्म १० किलो मिटर २५ मिनेट, खनारदेखि नेमुवासम्म ९ किलोमिटरलाई २० मिनेट तथा रङ्गेलीदेखि उर्लाबारीसम्मको ३६ किलोमिटरलाई १ घन्टा १२ मिनेट समय सीमा तोकिएको छ । त्यस्तै, भाउन्नेदेखि उर्लाबारीसम्म १७ किलोमिटरलाई ३५ मिनेट, इनरुवादेखि कोशीकटानसम्म १६ किलोमिटरलाई २५ मिनेट, तरहरादेखि धरानको तिनकुनेसम्म १० किलोमिटरलाई २० मिनेट समय निर्धारण गरिएको छ ।
तोकिएको समयभन्दा अगाडि तोकिएको स्थानमा पुग्ने ट्रिपरलाई तीव्र गतिमा सवारी कुदाएको कसुर अन्तर्गत कार्वाही गरिने क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक बेद प्रसाद गौतमले बताए ।
ट्रिपरबाट हुने दुर्घटना र धनजनको क्षति रोक्नका लागि नियम बनाइएको उनले बताए । प्रदेशका सबै जिल्लामा यो नियम लागू गरिने उनले बताए ।
ट्रिपरमा जवान चालकहरु बढी रहेको, भत्ताको लोभमा तिब्र गतिमा ट्रिपर चलाउने गरेको र मादकपदार्थ सेवनका कारण बढी दुर्घटना हुने गरेको भन्दै उनले टाईम कार्ड बितरण गरिएपछि दुर्घटना न्युनीकरण हुने गौतमले बताए ।
यसअघि प्रदेश नम्बर १ ट्राफिक प्रहरीले बिहान १ घण्टा र बेलुका १ घण्टा ट्रिपर सञ्चालनमा लगाएको रोक तत्कालका लागी यथावत रहने र सोही नियम अनुसार चल्न चालकहरुलाई उनले निर्देशन समेत दिएका छन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिव कुमार पोख्रेलले स्वागत मन्तव्य तथा दुर्घटना न्यूनीकरणका उपायबारे बताएका थिए । कार्यक्रममा पुर्वान्चल टिफर ब्यबशायी संघका अध्यक्ष गोपाल कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिवकुमार पोख्रेल लगायतले बोलेका थिए ।