मदन भण्डारी स्मृति प्रतिष्ठानद्वारा बेलबारी नगरपालिका सम्मानित

  • १७ चैत्र २०७५, आईतवार

उत्कृष्ट साझेदारी गर्न सफल भएको भन्दै मदन भण्डारी  स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीले बेलबारी नगरपालिकालाई सम्मानित गरेको छ ।

प्रतिष्ठानसँग उत्कृष्ट साझेदारी गरेको भन्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई प्रतिष्ठानको २५ औँ रजत महोत्सवका प्रमुख अतिथि प्रधानमन्त्री ओलिले आइतबार दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

बेलबारी नगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ बिभिन्न क्षेत्रमा प्राबिधिकहरु पढाईरहेको छ । ३४ जना गरिव तथा जेहेन्दार छात्रछात्राहरुलाई मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीसँगको सहकार्यमा नगरपालिकाले पढाईरहेको हो । नगरपालिकाले सिएमए, अनमी, सिभिल सव ओभरसियर, भेटजेटिए, कृषि डिप्लोमा (वालि बिज्ञान), कृषि डिप्लोमा (पशु बिज्ञान), सामान्य चिकित्सा प्रमाणपत्र तह नर्सिङ्ग, डिप्लोमा ईन सिभिल लगायत बिषयको को पठन पाठन गराईरहेको छ ।

शैक्षिक ऋण उपहार कार्यक्रम नै ल्याएर नगरपालिकाले पठनपाठन गराइरहेको छ । दक्ष जनशत्ति उत्पादन गर्नका लागि बिद्यार्थीहरुलाई लगानी गरेको मेयर ज्ञानेन्द्र सुबेदीले बताए । आर्थीक अभावमा कोहि पनि वालवालिका शिक्षाको उज्यालो घामबाट बचित नहुन् भनेर मदना भन्डारी स्मृति प्रतिस्ठान नेपालसंँगको सहकार्यमा कोषको स्थपना गरीएको मेयर सुबेदीले बताए । पठनपाठनका लागी नगरपालिकाले १० लाखको कोष स्थपना गरेको छ । नगरपालिकाको सिफारीसमा पठन पाठन गर्ने बिद्यार्थीहरुले कोर्स सकिएपछि प्रतिष्ठानमै काम गरेर शैक्षिक ऋण तिर्नु पर्नेछ ।