बेलबारी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, मालपोतका बेतिथिबारे गुनासै गुनासा

  • २२ चैत्र २०७५, शुक्रबार

उत्तम पोख्रेल /  बेलबारी नगरपालिकाले गरेको सार्वजनिक सुनवाईमा मुुुख्य रूपमा मालपोत कार्यालयको वेतिथिबारे प्रश्न उठेको छ ।

मालपोत कार्यालयमा कर्मचारीहरुले घुस विना कुनै काम नगरेको भन्दै सार्वजनिक सुनवाईमा सहभागीले प्रश्न उठाएका हुन । बेलबारीका सन्देश तामाङले मालपोतमा एउटा जग्गा पास गर्न एक हप्ता लगाएको समेत बताए ।

सार्वजनिक सुनुवाइमा नगरका केहि सडकमा धुलो उढेको भन्दै तिनिहरुको ब्यबस्थापन गर्न माग गरीएको छ । त्यसैगरी फोहोरको दिगो ब्यवस्थापन तथा लोहान्द्रा र चिस्याङ खोलाको तटबन्धन गर्न नगरपालिकाले चासो देखाउनु पर्ने स्थानियको भनाई रहेको छ ।

जनताले सकुम्वासी सम्स्याको समाधान गर्न समेत माग राखेका छन । सार्वजनिक सुनुवाइमा न्यायिक समिति सम्बन्धि प्रशिक्षण टोल विकास समिति मार्फत दिन समेत माग गरीएको छ ।

सार्वजनिक सुनवाईमा सडक, खानेपानी, विद्युुुत विस्तार, फोहोर ब्यबस्थापन, न्यायिक समति सुकुम्वासी समस्या, खोलाको तटबन्धन लगायतका बिषयमा पनि प्रश्न उठेका छन् ।

वेलवारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले मालपोतको वेतिथि देशब्यापी रहेको बताए । उनले जनचासोको रुपमा कुरा उठ्न थालेका भन्दै मालपोत प्रशासनसँग छलफल भईरहेको समेत बताए । सहभागीले उठाएको प्रश्नको  मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाका कुमारी पराजुली तथा प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले जवाफ दिएका थिए ।